न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजले बीबीए दोस्रो सेमेस्टर परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ। राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूमध्ये सबैभन्दा उच्च—८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको कलेजले जनाएको छ।
कलेजका अनुसार परीक्षामा सहभागी ४० जना विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण भएका छन्। यो नतिजाले कलेजलाई विश्वविद्यालयअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने शैक्षिक संस्थामध्ये एक बनाएको छ।
उक्त सफलतापछि कलेज प्रशासनले प्राध्यापक तथा विद्यार्थीलाई सम्मान र शुभकामना प्रदान गर्दै कलेज परिसरमै विशेष कार्यक्रम आयोजना गरेको थियो। कलेजका संस्थापक मनोज कुमार यादवका अनुसार यो नतिजा सम्पूर्ण टिमवर्क र विद्यार्थीको मेहनतको प्रतिफल हो। उनले भने, “यो उपलब्धिले हामीलाई खुशी मात्रै होइन, अझ जिम्मेवार पनि बनाएको छ। कलेजको शिर उच्च राख्न प्राध्यापकको योगदान र विद्यार्थीको लगन अनिवार्य छ।”
कार्यक्रममा परीक्षा बोर्डका संयोजक संजय पाण्डे र परीक्षा फाँट प्रमुख प्रमोद यादवले प्राध्यापकको योगदान र विद्यार्थीको निरन्तर मेहनतकै कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनीहरूले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गरे।
त्यसैगरी, कलेजका संयोजक अनिल यादवले व्यवस्थापन, प्राध्यापक र विद्यार्थीबीचको सहकार्यले नै यस्तो सफलता सम्भव भएको उल्लेख गरे।
हाल राजर्षि जनक विश्वविद्यालय अन्तर्गत ६० भन्दा बढी कलेजहरूले स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेका छन्।
गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
- २०८२ चैत १० मंगलबार
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श
पूरा पढ्नुहोस्





