जनसूराज पार्टीकी नेतृ यादव र उनका श्रीमान दारु तस्करी आरोपमा पक्राउ

२०८२ फाल्गुण ८ शुक्रबार
रति ८:०७ बजे
न्यूज ब्यूरो, डेस्क

जयनगर । भारतको बिहार राज्यस्थित जयनगर क्षेत्रमा मदिरा अवैध कारोबारको आरोपमा जनसूराज पार्टीसँग सम्बद्ध नेता बीरेन्द्र यादवसहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेकालाई न्यायिक हिरासतमा पठाइएको छ।

एक्साइज विभागको मधुबनी टोलीले बुधबार राति मधुबनी–दरभंगा सडकखण्डमा चेकजाँचका क्रममा एउटा कारबाट १२० लिटर विदेशी मदिरासहित रामचन्द्र यादवलाई नियन्त्रणमा लिएको थियो। एक्साइज सुपरिटेन्डेन्ट बी.के. ठाकुरका अनुसार प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका रामचन्द्र यादवले उक्त मदिरा दुल्लीपट्टी निवासी बीरेन्द्र यादवबाट खरिद गरेको बयान दिएका थिए।

उक्त सूचनाका आधारमा एक्साइज टोलीले तत्काल दुल्लीपट्टीमा छापा मारेर बीरेन्द्र यादवलाई पक्राउ गरेको जनाएको छ। उनलाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा मधुबनी पठाइएको छ।

प्रहरीका अनुसार करिब छ महिनाअघि पनि एक्साइज टोलीले बीरेन्द्र यादवसँग सम्बन्धित गोदामबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको थियो। सो घटनामा गोदाम सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

बीरेन्द्र यादव जनसूराज पार्टीबाट खजौली विधानसभा क्षेत्रकी विधायक प्रत्याशी रूपम कुमारीका पति तथा दुल्लीपट्टीका मुखियाका पति समेत रहेका कारण उनको पक्राउपछि जयनगर क्षेत्रको राजनीतिक माहोल तातेको छ। स्थानीय स्तरमा यस घटनाबारे व्यापक चर्चा भइरहेको छ।

यसैबीच, जयनगर प्रहरीले कोरहिया क्षेत्रबाट ९० लिटर मदिरासहित रामलोचन मुखियालाई पनि पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख अमित कुमारका अनुसार गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा तीन बोरा मदिरा बरामद गरिएको हो।

पक्राउ परेका दुवै आरोपितमाथि सम्बन्धित कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८२ फाल्गुण ८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus