जलेश्वरः महोत्तरीमा आफ्नै श्रीमतिमाथि बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

२०८३ जेठ १४ बिहीबार
बिहान ०७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी । श्रीमतीमाथि पटक–पटक इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

२२ वर्षीया महिलाले आफ्नै श्रीमानले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएपछि प्रहरीले २२ वर्षीय आरोपित श्रीमानलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गोलेका अनुसार आरोपितलाई बुधबार बिहान घरबाटै नियन्त्रणमा लिइएको हो।

प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

  • 0%
  • 64%
  • 7%
  • 0%
  • 21%
  • 7%

Bureau Menus