न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले महिला सशक्तिकरण तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ ।
उपमहानगरपालिका वडा नं. ११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालय लाई पूर्ण रूपमा महिला विद्यालयका रूपमा सञ्चालन गर्ने तयारीसँगै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहको यो निर्णयले कन्या माबिको पुरानो इतिहास फिर्ता भएको बताइएको छ । उपमहानगरपालिकाको शिक्षा समितिबाट पारित निर्णयअनुसार विद्यालयमा महिला शिक्षक तथा महिला कर्मचारीको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । नगरप्रमुख साह को विशेष पहलमा उक्त निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
यसअघि विद्यालयमा छात्रीहरूको मात्र भर्ना हुने व्यवस्था भए पनि शिक्षक तथा कर्मचारीतर्फ पुरुषको संख्या उल्लेख्य रहेकाले विद्यालयलाई पूर्ण रूपमा छात्रीमैत्री वातावरणमा सञ्चालन गर्न चुनौती देखिएको थियो ।
उपमहानगरपालिकाले हालै सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा अन्य विद्यालयमा कार्यरत महिला शिक्षकहरूलाई सकल भवन कन्या माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ भने यहाँ कार्यरत पुरुष शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार विद्यालयलाई नाममात्रको कन्या विद्यालय नभई व्यवहारिक रूपमा पनि पूर्ण महिला विद्यालयका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । छात्राहरूलाई सुरक्षित, सहज तथा आत्मविश्वासपूर्ण शैक्षिक वातावरण उपलब्ध गराउन महिला नेतृत्व आवश्यक रहेको निष्कर्षसहित यस्तो निर्णय गरिएको बताइएको छ ।
विद्यालयका वर्तमान प्रधानाध्यापक यसै भदौ महिनामा अवकाश हुने भएकाले तत्काल सरुवा नगरिएको जनाइएको छ । अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गर्ने तयारीसमेत उपमहानगरपालिकाले गरेको छ ।
यस निर्णयलाई अभिभावक, शिक्षाविद् तथा स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार महिला शिक्षक तथा महिला नेतृत्वको उपस्थितिले छात्रीहरूलाई थप आत्मीय वातावरण मिल्ने, सिकाइमा आत्मविश्वास बढ्ने तथा विद्यालयप्रतिको सहभागिता सुदृढ हुने विश्वास गरिएको छ ।
शिक्षा क्षेत्रका जानकारहरूले जनकपुरधाम उपमहानगरपालिकाको यो पहललाई लैंगिक समानता, महिला नेतृत्व प्रवर्द्धन तथा किशोरीमैत्री विद्यालय व्यवस्थापनको नमूना अभ्यासका रूपमा व्याख्या गरेका छन् ।
सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...
- २०८३ जेठ १२ मंगलबार
न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै
पूरा पढ्नुहोस्


