न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगमा नयाँ सदस्य नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख कार्यालय जनकपुरधामले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा धनुषाको सबैला नगरपालिका–६ निवासी विमला यादवलाई प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सदस्य पदमा नियुक्त गरिएको जनाएको हो ।
मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता विष्णु देव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मधेश प्रदेश लोक सेवा आयोगमा यसअघि अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका थिए ।
- २०८३ जेठ ११ सोमबार



