आफ्नै कार्यकर्तालाई मारेर लास बेपत्ता पार्ने जस्ता धम्की दिएको भन्दै रास्वपाका धनुषा सभापति यादवसँग २४ घण्टे स्पष्टीकरण माग

२०८३ जेठ १७ आइतबार
बेलुकी ७:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्षमेश्वर यादवसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख समकाल सिग्देल द्वारा जारी पत्रमा चारनाथ नगरपालिका पार्टी अधिवेशनका क्रममा उच्छृंखल गतिविधि भएको, गुण्डा प्रयोग गरिएको, ज्यान मार्ने तथा लास गायब पार्ने धम्की दिएको, आर्थिक अपचलन गरेको, जिल्लाको अधिवेशन एकतर्फी गरेको तथा विभिन्न नगर अधिवेशनमा हस्तक्षेप गरेको लगायतका गम्भीर आरोपहरू प्राप्त भएको उल्लेख गरिएको छ।

पत्रअनुसार चारनाथ नगरपालिकाको पार्टी अधिवेशन कार्यक्रममा विवाद सिर्जना भएको र त्यस सम्बन्धमा विभिन्न उजुरी केन्द्रीय अनुशासन आयोगमा परेको जनाइएको छ। उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आवश्यक भएकाले आरोपित विषयमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न लक्ष्मेश यादवलाई निर्देशन दिइएको हो।

जेष्ठ १६ गते जारी गरिएको उक्त पत्रको बोधार्थ पार्टीका महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी र मधेश प्रदेश कार्यसमितिलाई समेत दिइएको छ।

रास्वपाले पछिल्लो समय संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्र बनाइरहेका बेला धनुषामा देखिएको यो विवादले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको चर्चा सुरु भएको छ। आरोपबारे लक्षमेश्वर यादवको धारणा भने सार्वजनिक भइसकेको छैन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८३ जेठ १७ आइतबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus