न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री बालेन शाह वरिष्ठ नेता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनुषा जिल्ला समितिमा विवाद चुलिएको छ । धनुषामा जारी अधिवेशनको क्रममा जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवले एकलौटी गर्न लागेको भन्दै विवाद चुलिएको हो ।
यसअघि नै धनुषा निर्वाचन क्षेत्र नं. ३ का साँसद मनिष झालाई कुनै मन्त्री पद दिए रास्वपामा विद्रोह गर्ने चेतावनी दिएका जिल्ला सभापति लक्ष्मेश्वर यादवले पार्टी अधिवेशनमा समेत तनाशाही प्रवृति अपनाएको आरोप उनकै पार्टीका नेता अम्बु प्रसाद साहले लगाएका छन् । यद्यपी, अम्बुलाई पार्टीले नाम मात्रको लागि प्रयोग गरिरहेको पनि बुझिएको छ ।
रास्वपाको संगठन विभाग मधेस प्रदेशका प्रमुख रहेका अम्बु प्रसाद साहले लक्ष्मेश्वर यादवमाथि एकलौटी निर्णय र तानाशाही प्रवृतिको आरोप लगाएका छन् । साहले आफ्नो अधिकारिक फेसबुक पोस्टमार्फत धनुषा जिल्लामा भइरहेको अधिवेशनमा नेतृत्वको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठनको मूल मर्म, विधि र प्रक्रिया विपरीत गतिविधि भइरहेको संकेत गरेका छन्।
उनले फेसबुक पोस्टमा जिल्ला सभापति लक्ष्मेश्वर यादवले संगठनभित्र समन्वय र परामर्शभन्दा बाहिर गएर एकलौटी ढंगले निर्णय गरिरहेको आरोप लगाउँदै यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
जिल्ला सभापति यादवले आफूखुसी गोजीका मान्छेहरुलाई अधिवेशन मार्फत पदाधिकारी चयन गरेको आरोप लगाइएको छ । लक्ष्मेश्वर बालेन गुट र अम्बु रवि गुटको रहेको बताइन्छ ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८३ जेठ १५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्






