न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको एक नीजि विद्यालयको भवनको छतबाट खसेर एक बालिका गम्भिर घाईते भएकी छन् ।
बिहीबार साँझ करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका–स्थित संकटमोचन मन्दिर नजिक रहेको माँ बुढानिलकण्ठ एकेडमी स्कुलको होस्टेलको छतबाट खस्दा शहिदनगर नगरपालिका–८, नाथपट्टीकी ६ वर्षीया जोया कुमारी यादव घाइते भएकी हुन् ।
परिवारका अनुसार उनी सोही विद्यालयमा अध्ययनरत छात्रा हुन् । छतबाट खसेपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषा तथा जानकी प्रहरी चौकीले जनाएको छ ।
पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?
- २०८३ जेठ १५ शुक्रबार
न्यूज ब्यूरो, भारत । पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले
पूरा पढ्नुहोस्





