अब राष्ट्रिय परिचय पत्र बनाउन छुट्टै फाराम भर्न नपर्ने

२०८२ चैत ८ आइतबार
बेलुकी ५:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । राष्ट्रिय परिचयपत्र बनाउन अब नागरिकले छुट्टै प्रि-इनरोलमेन्ट फाराम भर्नु नपर्ने भएको छ। नागरिकता र राष्ट्रिय परिचयपत्रका डेटाबेस प्रणाली आपसमा जोडिएपछि यो झन्झट हटाइएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा जानकारी दिँदै केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (CCIMS) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) बीच डेटा आदानप्रदान सुरु भएको बताए। यसबाट दैनिक ६–८ हजार सेवाग्राही लाभान्वित हुने र समय तथा खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय परिचयपत्र प्रणाली हालसम्म १२ सार्वजनिक सेवासँग जोडिइसकेको छ। यसले दोहोरो प्रक्रिया घटाउने, राज्यको खर्च बचत गर्ने र सेवा प्रवाहलाई छरितो बनाउने विश्वास लिइएको छ। आगामी दिनमा राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ चैत ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus