Close This

शौँचालय जाँदै गरेका सशस्त्र प्रहरीका हबल्दार यादवका लडेर मृत्यू

२०८३ बैशाख १४ सोमबार
बिहान १०:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज ।  सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको आकस्मिक मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार, गएराति करिब ३ बजेको समयमा शौचालय जाने क्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए। घटनापछि तत्कालै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं। ६ गण सप्तरीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका अनुसार, मृतक यादव लामो समयदेखि उच्च रक्तचापको समस्याबाट ग्रस्त थिए।

मृतक जितेन्द्र कुमार यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।

घटनाको वास्तविक कारण पत्ता लगाउन सशस्त्र प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

चर्चित TikToker धिरुभाइ र मोडल आयुषाको 'अहाँ स दिल लगेली' दर्शकलाई मोहित बनाउँदै

  • २०८३ बैशाख १४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित टिकटोकर धीरुभाई र मोडेल आयुषा विश्वकर्माद्धारा अभिनित “अहाँ स दिल लगेली” भिडियो म्यूजिक रिलिज गरिएको छ ।  प्रेम जोडीहरुका लागि विशेष तौरमा तयार पारिएको सो गीतमा

पूरा पढ्नुहोस्

Bureau Menus