Close This

उत्कृष्ट प्रहरी घोषित भएका हबल्दार ५० हजार रुपैयाँ घुससहित पक्राउ

२०८३ बैशाख १३ आइतबार
रति ९:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, कास्की ।  कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री शनिबार साँझ घुससहित पुक्राउ परेका छन्। 

२०८१ सालको पुस महिनामा गरिएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा अपराध अनुसन्धान शाखामा कार्यरत थापालाई सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा योगदान दिएको भन्दै सम्मान गरिएको थियो।

प्रहरीले उनलाई इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक रूपमा सक्षम कर्मचारीका रूपमा प्रशंसा गर्दै सम्मान प्रदान गरेको थियो। तर, त्यही अधिकारीमाथि लागू औ षधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप लागेको हो। 

स्रोतका अनुसार, थापाले करिब ३ लाख रुपैयाँमा सहमति गरेकोमध्ये प्रारम्भिक रूपमा ५० हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रं गेहात नियन्त्रणमा लिएको हो।

थापा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत रहेका छन्।

दरबन्दी अनुसार प्रहरी चौकी अरुणखोलामा रहेका थापा पहुँचका आधारमा कास्कीमा काज सरुवा भएर लामो समयदेखि मुद्दा फाँटमा कार्यरत रहेको पनि उल्लेख गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

  • २०८३ बैशाख १३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम

पूरा पढ्नुहोस्

Bureau Menus