Close This

उपसभामुख रुबी ठाकुरको गाउँमा 'दहेज बन्द' अभियान सँचालन

२०८३ बैशाख १४ सोमबार
बिहान ०९:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा ‘बेटी बचाओ, बेटी पढाओ, बेटा बेटी एक समान’ भन्ने सन्देशसहित सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

मुजेलिया समाजको अगुवाइमा शनिबार आयोजित अभियानमा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अभियानअन्तर्गत सहभागीहरूले बस्तीका विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै बालबालिका र अभिभावकलाई छोरीहरूको संरक्षण, शिक्षा तथा समान अधिकारको महत्त्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले छोरी र छोरा समान हुन् भन्ने सन्देश समाजभर फैलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्यमान लैङ्गिक विभेद अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

स्थानीय बासिन्दाहरूले यस्ता अभियानले समाजमा सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झण्डै ९ बर्षपछि ट्रयाकमा फर्किदैँ कमला नपा, योजना छनौटका लागि पहिलो पटक सार्वजनिक अपिल

  • २०८३ बैशाख १४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि

पूरा पढ्नुहोस्

Bureau Menus