कपिलवस्तुमा सुनचोरी प्रकरणमा दुई पाकिस्तानी पक्राउ

२०८३ बैशाख ८ मंगलबार
बेलुकी ६:२३ बजे
न्यूज ब्यूरो, डेस्क

कपिलवस्तु । नेपाल प्रहरी ले सुनचोरीमा संलग्न रहेको आरोपमा दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सुनचाँदी पसलमा चोरी गरी फरार रहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार स्थानीय सुनचाँदी व्यवसायी तथा सर्वसाधारणबाट प्राप्त सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरिएको थियो। सो क्रममा पाकिस्तान घर भएका वर्ष २३ का इरफान अली र वर्ष ४४ का सैफ उर रहमानलाई पक्राउ गरिएको जनाइएको छ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु ल्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान जारी राखिएको छ र जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको छ।

प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर १७ हजार १३६, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम र मलेसियन रिंगिटसहित विभिन्न विदेशी मुद्रा बरामद गरेको छ। साथै, दुई थान मोबाइल सेट पनि बरामद गरिएको छ।

यसैबीच, प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अन्य जिल्लामा भएका सुनचोरी घटनासँग पनि सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार थप प्रमाण संकलन र अनुसन्धानको काम तीव्र पारिएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ बैशाख ८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus