न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठन नियमित गर्न र भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको हो ।
गाउँपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु भई ३१ गतेसम्म सञ्चालन हुने जनाएको छ । सोहीअनुसार विद्यालयहरूले निर्धारित समयभित्र भर्ना अभियान सम्पन्न गरी जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
सूचनामा नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा रहेको उल्लेख गर्दै गाउँ शिक्षा समितिको निर्णयअनुसार सबै विद्यालयलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको हो ।
गाउँपालिकाले पाठ्यपुस्तक वितरण नभएसम्म पनि कक्षाकोठामा आधारभूत रूपमा कक्षा सञ्चालन गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई सचेत गराएको छ । यसले शैक्षिक गतिविधि निरन्तर राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

सूचनामा आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा विद्यालय सञ्चालन हुने पनि स्पष्ट पारिएको छ । विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावकारी बनाउन तथा विद्यार्थी भर्ना दर बढाउन स्थानीय तहले सक्रियता देखाएको जनाइएको छ ।
यसअघि केन्द्र सरकारले सातामा शनिबार र आईतबार गरी दुई दिन विदा हुने निर्देशन जारी गरी राजपत्रबाट लागू समेत गरिसकेको छ । स्थानीय सरकारको आफ्नो अधिकार प्रयोग गरी गाउँपालिकाले आफ्नै निर्णय गरेको हो ।
सबै सरकारी अस्पतालहरुमा डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने
- २०८३ बैशाख ७ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताले सवै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताउनुभएको छ । आइतबार काठमाडौंको बीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरुको
पूरा पढ्नुहोस्





