न्यूज ब्यूरो, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटा सेवामा सुधार गर्दै ग्राहकको अनुमति बिना ब्यालेन्स नकाटिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे सुधारात्मक कार्ययोजनाअनुसार अब मोबाइल डेटा प्रयोगकर्ताले आफ्नो डेटा सकिन लाग्दा पहिले नै जानकारी पाउनेछन्, जसअन्तर्गत ९० प्रतिशत डेटा खपत भएपछि अनिवार्य रूपमा अर्लट पठाइनेछ।
यससँगै, डेटा प्याकेज सकिएपछि स्वतः महँगो दरमा ब्यालेन्स काटिने ‘Pay as you go’ प्रणालीलाई प्रयोगकर्ताले चाहेको खण्डमा निष्क्रिय गर्न सक्ने सुविधा पनि उपलब्ध गराइने भएको छ। मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण सँगको सहकार्यमा मोबाइल डेटा सेवालाई ‘सब्सक्रिप्सन मोडल’ मा सञ्चालन गर्ने व्यवस्था समेत लागू गरिनेछ, जसले सेवा प्रयोगलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले यो निर्णय मन्त्रिपरिषद्को १३ चैतको निर्देशनअनुसार नतिजामुखी शासकीय सुधार कार्यक्रम अन्तर्गत ल्याएको जनाएको छ, जसले उपभोक्तालाई अनावश्यक खर्चबाट जोगाउनुका साथै सेवा उपयोगमा नियन्त्रण र स्पष्टता दिने विश्वास गरिएको छ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८२ चैत २३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्


.jpeg)