न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा (एमाले) धनुषा जिल्ला सचिव दीप नारायण (दिपन) ठाकुरले सुहाङ्ग नेम्वाङको विषय अहिलेको समय परिस्थिति र सम्पूर्ण नेपाली जनताको मागसँग जोडिएको बताएका छन्।
समाजिक सँजालमा उनले एक वक्तव्य जारी गर्दै सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, समग्र देशको आवश्यकता बनेको उल्लेख गरे। “सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, अहिलेको समय परिस्थिति र सम्पूर्ण नेपाली जनताको माग हो,” ठाकुरले लेखेका छन् ।
उनका अनुसार यस विषयलाई सही ढंगले बुझ्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो। “यसलाई बुझ्न नसक्नु नेतृत्वको ठुलो गल्ती हो,” उनले थपे।
ठाकुरले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशलाई ध्यानमा राख्दै जनताको भावना र मागलाई सम्बोधन गर्न नेतृत्व तहले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले युवाहरूको आकांक्षा र राष्ट्रको समग्र हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिएका छन्।
एमालेको कार्यवाहकमा राम बहादुर थापा बादललाई नेतृत्वको जिम्मेवारी दिएपछि जिल्ला सचिव ठाकुरले असन्तुष्टि जनाएका छन् ।
पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?
- २०८२ चैत १९ बिहीबार
न्यूज ब्यूरो, भारत । पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले
पूरा पढ्नुहोस्






