अरबः ड्रोन–मिसाइलको भग्नावशेष ग्यास प्लान्टमा खस्यो, एकको ज्यान गयो !

२०८२ चैत २१ शनिबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, अरब । यूएईको अबुधाबीस्थित हब्शन ग्यास प्लान्टमा ड्रोन र मिसाइलका अवशेष खस्दा भयावह अवस्था सिर्जना भएको छ। यस घटनामा एक जना इजिप्टेली नागरिकको मृत्यु भएको छ भने चार जना विदेशी नागरिक घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार ग्यास प्लान्टमा अचानक आगलागी भएपछि अफरातफरी मच्चिएको थियो। घाइतेमध्ये दुई जना पाकिस्तानी र दुई जना इजिप्टेली नागरिक रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र तत्काल उद्धार गरेर अस्पताल पुर्‍याइएको जनाइएको छ।

गल्फन्युजको रिपोर्ट अनुसार हवाई सुरक्षा प्रणालीले आक्रमणलाई बीचमै निष्क्रिय पारे पनि त्यसका भग्नावशेष ग्यास केन्द्रमै खसेका थिए। सोही क्रममा साइट खाली गराउने क्रममा एक इजिप्टेली नागरिकको ज्यान गएको हो।

यसअघि पनि शुक्रबार अजबान क्षेत्रमा यस्तै घटना हुँदा १२ जना घाइते भएका थिए, जसमा ७ जना नेपाली नागरिक रहेका थिए। घाइतेमध्ये एक नेपालीको अवस्था अझै चिन्ताजनक रहेको बताइएको छ भने अन्य पाँच जना भारतीय नागरिक घाइते भएका थिए।

अबुधाबीमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ, घटनाले फेरि एकपटक क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ चैत २१ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus