न्यूज ब्यूरो, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ। वैदेशिक रोजगार विभाग ले सोमबार सूचना जारी गर्दै आगामी २९ चैतदेखि यस्तो व्यवस्था लागू हुने जनाएको हो।
विभागका अनुसार उक्त प्रावधान व्यक्तिगत रूपमा तथा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने सबै श्रमिकका हकमा समान रूपमा लागू हुनेछ। यससँगै म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। नयाँ व्यवस्था श्रमिकको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले लागू गरिएको विभागले स्पष्ट पारेको छ।
सबै सरकारी अस्पतालहरुमा डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने
- २०८२ चैत २३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताले सवै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताउनुभएको छ । आइतबार काठमाडौंको बीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरुको
पूरा पढ्नुहोस्



_Q0Pm2ZjB51.jpeg)


