Close This

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

२०८३ बैशाख ६ आइतबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्।

उनले एक सचेत र स्वतन्त्र आम नागरिकको हैसियतले जनकपुरका नविन साहले  प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमा भारतसँग वैवाहिक सम्बन्ध जोडिएको एक नेपाली नागरिकले हाल लागू गरिएको “१०० टकिया नियम” ले दुवै देशबीचको पारिवारिक र सामाजिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गरेका छन्। उनले विगतमा सहज रूपमा हुँदै आएको आवत–जावत अहिले अन्योलपूर्ण बनेको गुनासो गरेका छन्।

पत्रमा भारत यात्रा गर्दा कति नगद बोक्न पाइने, के–कस्ता सामान लैजान मिल्ने तथा फर्किँदा ससुरालीबाट प्राप्त हुने उपहारमा कर लाग्ने वा नलाग्ने जस्ता विषयमा स्पष्टता नभएको उल्लेख गरिएको छ। यस्ता आधारभूत विषयमा अस्पष्टता हुँदा सर्वसाधारण नागरिक अन्योलमा परेको जनाइएको छ।

खुला पत्रमा यस्ता नीतिगत व्यवस्थाले आर्थिक पक्ष मात्र नभई सामाजिक र पारिवारिक सम्बन्धमा समेत असर पार्ने चेतावनी दिइएको छ। विशेषगरी मधेश क्षेत्रका हजारौं परिवार, जसको जीवनशैली नै नेपाल–भारतबीचको आवत–जावत र वैवाहिक सम्बन्धमा आधारित छ, उनीहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ।

सरकारसँग पत्रमार्फत यस्ता संवेदनशील विषयमा निर्णय गर्दा नागरिकको वास्तविक जीवन, परम्परा तथा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्न आग्रह गरिएको छ। साथै, स्पष्ट र व्यवहारिक निर्देशिका सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।

पत्रको अन्त्यमा “बेटी–रोटी” सम्बन्धलाई कमजोर होइन, थप सुदृढ बनाउने दिशामा सरकारबाट सकारात्मक कदम चालिने अपेक्षा व्यक्त गरिएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बोर्डिँग स्कूलहरुले कानुन विपरित लिएको शुल्क (फी) फिर्ता गराउन निर्देशन

  • २०८३ बैशाख ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना

पूरा पढ्नुहोस्

Bureau Menus