लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब

२०८२ माघ १६ बिहीबार
बिहान ०९:४३ बजे
शशिकान्त मण्डल

राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो।

राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने बाध्यात्मक परिस्थिति वा कुप्रथा लोकतन्त्रमा चल्दैन र यसलाई जनताले स्वीकार्दा पनि स्वीकार्दैन। किनकी अहिलेको युगमा नेतृत्व र राजनीति गर्ने क्षमता, ज्ञान र बुद्धि हरेक व्यक्तिमा छन्। आमा, छोरा, छोरी, बुहारी, नाति र नातिनीलाई योग्य, सक्षम र इमानदार बनाउनुस्। जो आफ्नो योग्यता र सक्षमताले आफैले रोजगारी गर्न सकोस्। यदि तपाईं नेता हुनुहुन्छ भने तपाईंको धर्म र जिम्मेवारी समाजलाई अगाडि बढाउने हो, परिवारलाई होइन। तसर्थ अबदेखि नेताहरुले समाजलाई नै आफ्नो परिवार सम्झेर राजनीति गर्नुपर्ने देखिन्छ। नभए परिवारवादमा लाग्ने नेतालाई हाम्रो समाजले स्वीकार्दैनन्। धेरै पर जानू पर्दैन हाम्रै धनुषा जिल्लामा तपाईंहरुले हेर्न सक्नुहुन्छ। 

कुनै पति र पत्नी नेता बने एक दुई पल्ट चुनाव जिते र आफ्नो छोरीलाई  राजनीतिमा उभ्याउन खोज्दैछन्। उनीहरुको धारणा के हो भने यो समाजले उनीहरुलाई आफ्ना अमुल्य मत दिएर उनीहरुलाई नेता बनाए र आफ्नो मालिक स्वीकार गरे। अब त्यहीँ समाजले उसको छोरीलाई पनि मालिक स्वीकार गर्नु पर्यो। कतिले आफ्ना छोरा र कतिले आफ्ना पत्नी र बुहारीलाई यस समाज माथि जबर्जस्ती लाध्न खोज्दैछन्। अनि के यो राजतन्त्रको प्रतिबिम्ब होइन त ?

नेताहरुले फैलाइरहेका परिवारवाद राजतन्त्रकै प्रतिबिम्ब (ऐना) हो। यस समाजको राजनीतिक रूपले आफ्ना सन्तानलाई मालिक बनाउन खोज्दैछन्। तर परिवारवादमा अन्धो भएका ति नेताहरूले के बुझ्नुपर्छ भने लोकतन्त्रमा मालिक बन्ने र बनाउने अधिकार कसैलाई छैन। यस लोकतन्त्रमा हरेक जातजाति र समुदायलाई अगाडि बढ्ने समान अधिकार छ। 

राजनीति कसैको व्यक्तिगत लगानीबाट गरिने व्यक्तिगत व्यवसाय होइन। राजनीति आम जनताको अमुल्य मत बाट सकारात्मक समाजिक परिवर्तन र समाजिक एवं भौतिक विकासका लागि दिइने जनता द्वारा दिइने एक समाजिक एवं राजनीतिक अधिकार हो। त्यसैले नेता वा सांसद बन्नुस् तर परिवारको लागि नबन्नुस् यस समाजको लागी सांसद बन्नुस्। 

नेताको लागि समग्र समाज नै परिवार हो भन्ने मान्यताका साथ राजनीतिमा होमिनुस्। अनि मात्र परिवर्तन सम्भव छ। परिवर्तनको लिखित नाराले मात्र परिवर्तन आउँदैन। स्वयं आफ्नै भित्र बाट परिवारवाद नहटेसम्म परिवर्तन आउदैन। तसर्थ परिवर्तन आफै बाट सुरु गरौँ। त्यसपछि समाज र देश विकास हुन समय लाग्दैन। तर विडम्बना के छ कि नेताहरु आफ्नै परिवार विकास गर्नमा तुलिसकेका छन्। 

अनि कहाँ बाट हुन्छ समाज विकास र परिवर्तन, यस्तो सोचले देश विकास सम्भव छैन। तसर्थ नेताहरुले परिवारको विकास छोडेर समाज विकासमा लाग्न अत्यावश्यक छ।



सशिकान्त मण्डल

अध्यक्ष: विद्यार्थी जनमत संघ

 राजर्षि जनक विश्वविद्यालय समिति तथा स्ववियु सभापति पदको उम्मेदवार

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ माघ १६ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus