बलिवुड अभिनेता 'शक्ति कपूरको मृत्यू' को झूठा अफवाह समाजिक सँजालमा भाईरल, के भने शक्ति कपूर ?

२०८३ बैशाख २५ शुक्रबार
बेलुकी ५:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता शक्ति कपुरको मृत्यु भएको भन्ने अफवाह सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । फेसबुक, एक्स (ट्विटर), युट्युब र विभिन्न अनलाइन प्लेटफर्ममा “शक्ति कपुरको निधन”, “कार दुर्घटनामा मृत्यु” जस्ता भ्रामक पोस्टहरू भाइरल भएपछि उनका प्रशंसकहरू चिन्तित बनेका थिए । तर अभिनेता शक्ति कपुरले स्वयं भिडियो सन्देशमार्फत आफू पूर्ण रूपमा स्वस्थ रहेको स्पष्ट पारेका छन् ।

शक्ति कपुरले इन्स्टाग्राम भिडियोमा भनेका छन्, “मेरो मृत्युको खबर पूर्ण रूपमा झुटो हो । म स्वस्थ र खुसी छु । कृपया यस्ता अफवाहलाई विश्वास नगर्नुहोस् ।” उनले यस्तो भ्रामक सामग्री फैलाउनेविरुद्ध साइबर कम्प्लेन गर्ने चेतावनी समेत दिएका छन् ।

सामाजिक सञ्जालमा केही पोस्टहरूमा उनको कार दुर्घटनामा मृत्यु भएको दाबी गरिएको थियो भने केहीले श्रद्धाञ्जलीसहित तस्वीरहरू पोस्ट गरेका थिए । कतिपय प्रयोगकर्ताले “हार्दिक श्रद्धाञ्जली शक्ति कपुर” लेख्दै पोस्ट सेयर गरेपछि अफवाह झन् फैलिएको थियो । तर भारतका प्रमुख सञ्चारमाध्यमहरूले उक्त दाबीलाई फेक न्युज भन्दै खण्डन गरेका छन् ।

७३ वर्षीय शक्ति कपुर हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता हुन् । उनले खलनायक र हास्य भूमिकामार्फत बलिउडमा विशेष पहिचान बनाएका छन् । हाल उनी विभिन्न फिल्म परियोजनामा सक्रिय रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो समय भारतीय चलचित्र क्षेत्रका कलाकारहरूबारे यस्ता मृत्यु सम्बन्धी अफवाह बारम्बार फैलिने क्रम बढेको छ । सामाजिक सञ्जालमा अपुष्ट सामग्री छिटो भाइरल हुने भएकाले सत्यता नजाँची पोस्ट सेयर नगर्न विशेषज्ञहरूले आग्रह गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८३ बैशाख २५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus