जनकपुरको राराब कलेजमा ३ दिने एडभान्स कार्यशाला गोष्ठी हुँदै, विद्यार्थी र प्रोफेसरलाई एडभान्स तालिम दिइने

२०८३ बैशाख २६ शनिबार
दिउसो १२:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजमा तीनदिने एडभान्स कार्यशाला गोष्ठी आयोजन हुने भएको छ । 

बैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने कार्यशाला गोष्ठीमा प्राध्यापक र विद्यार्थीहरुलाई एडभान्स प्रोग्रामिँगसहितको तालिम प्रदान गरिने जनाइएको छ । 

राराब कलेजका प्रमुख बसन्तलाल कर्णका अनुसार, थेसिसमा कडाई गर्न, गुणस्तरीयता ल्याउन, प्रष्टता ल्याउनुको साथै अन्य कम्यूटर क्षेत्रको सीपमा थप गुणस्तरीयता प्रदान गर्न कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको हो । 

उनका अनुसार, कम्यूटर एडभान्स प्रोग्मिँग, एक्सेल, एडभान्स एक्सल, एसपीएसएस., आर प्रोग्रामिँग, पायथन जस्ता कम्यूटर प्रोग्रामको बारेमा काठमान्डौबाट आउने विशेषज्ञबाट कार्यशाला गरिने छ । 
 
विद्यार्थी र शिक्षकलाई समेत तालिम दिने गरी कार्यशाला गोष्ठी राखिएको प्रमुख कर्णले थपे । उनले कम्तीमा १५० जना विद्यार्थी र विभिन्न संकायका शिक्षक, प्राध्यापकहरुको सहभागिता रहने छ । 

काठमान्डौँबाट चर्चित प्राध्यापक डा. बिजयलाल प्रधान र प्राध्यापक डा राम प्रसाद खतिवडाले प्रशिक्षण दिइने जनाइएको छ । सफ्टवेयर सम्बन्धी अनुसन्धान, अनुसन्धानमा सहयोग हेतु सो कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिने प्रमुख कर्णले बताए । 

राराब कलेजको पुरानो बिरासत, पुरानो प्रतिष्ठा फिर्ता गर्न यो कार्यशाला एक टेवा पुरयाउने उनले दाबी गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ बैशाख २६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus