न्यूज ब्यूरो, काठमान्डौँ । सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट नहटाउन नेपाल सरकार र काठमाण्डू महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
राजधानीका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर उनीहरूलाई हटाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अन्य दुई समूहले त्यसलाई रोक्न माग गर्दै अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
त्यसउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सुकुम्बासी बस्ती हटाउँदा नेपाल सरकारले गत चैत १३ गते पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं ९१ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख १७ गते सबै नगरपालिका र गाउँपालिकामा जारी गरेको परिपत्रमा उल्लेखित चरणबद्ध प्रक्रिया अवलम्बन गर्न आदेश दिएको छ।
साथै विस्थापित भइसकेका मानिसहरूको हकमा उनीहरूको आवास शिक्षा स्वास्थ्य र खाद्यान्नसमेतको आधारभूत आवश्यकता उपलब्ध गराउन थप प्रभावकारी कार्यम गर्न र गराउन पनि अदालतले आदेश दिएको छ।
रिट निवेदनमा गम्भीर प्रश्न निहित रहेकाले यस मुद्दालाई अग्राधिकार दिन पनि इजलासले भनेको छ।
पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?
- २०८३ बैशाख २६ शनिबार
न्यूज ब्यूरो, भारत । पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले
पूरा पढ्नुहोस्




