न्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँचजनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
औरही गाउँपालिका–३ का स्थानीय वीरेन्द्र साहमाथि भएको घटनामा प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको हो।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार औरही–३ का वडाध्यक्ष जीवछ यादवसहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवविरुद्ध जाहेरी दर्ता गरिएको छ।
‘पीडित पक्षबाट जाहेरी आएको छ। अब पक्राउ अनुमति लिने र थप अनुसन्धान अघि बढाउने प्रक्रिया चलिरहेको छ,’ एसपी पाठकले भने, ‘अनुसन्धानका क्रममा जसको जति संलग्नता देखिन्छ, त्यहीअनुसार कानुनी कारबाही हुन्छ।’
प्रहरीका अनुसार औरही–३ को पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो। सडक निर्माणका क्रममा वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा प्रयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो। विवादकै कारण उक्त सडक सञ्चालनमा आउन सकेको थिएन।
सोमबार वडाध्यक्ष यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो। त्यसक्रममा वीरेन्द्रले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधिएको आरोप लागेको छ। साथै, निजी जग्गामा बनेका संरचना पनि जबर्जस्ती भत्काएर सडक खुलाइएको पीडितको भनाइ छ।
घटनापछि स्थानीयस्तरमै तीव्र आलोचना भएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८३ बैशाख ३० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्



