न्यूज ब्यूरो, जनकपुरधाम । एन–प्याब्सन जनकपुरधामका अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य दिपक कुमार ठाकुरले जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत विद्यालयलाई तत्काल रिजल्ट प्रकाशन नगर्न अपिल गरेका छन्।
उनले संस्थागत छात्रवृत्ति परीक्षा नलिने विद्यालय तथा बिना दर्ता सञ्चालन भइरहेका विद्यालयमाथि कारबाही नभएसम्म कुनै पनि विद्यालयले परीक्षा परिणाम सार्वजनिक नगर्न आग्रह गरेका हुन्।
अध्यक्ष ठाकुरले शिक्षा क्षेत्रमा नियम विपरीत गतिविधि भइरहेका कारण समग्र शैक्षिक वातावरण प्रभावित भएको बताएका छन्। उनले उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सबै निजी विद्यालयलाई कानुनी प्रक्रिया तथा शिक्षा सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्दै छात्रवृत्ति परीक्षा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार बिना दर्ता सञ्चालन भइरहेका विद्यालय तथा छात्रवृत्ति परीक्षा नगर्ने विद्यालयमाथि सम्बन्धित निकायले आवश्यक छानबिन तथा कारबाही गर्नुपर्ने आवश्यकता रहेको छ। उनले शिक्षा क्षेत्रमा समानता, पारदर्शिता र कानुनी व्यवस्था कायम गर्न सम्पूर्ण पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन्।
यस विषयलाई लिएर जनकपुरधामका निजी विद्यालयबीच समेत व्यापक चासो बढेको छ। जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत शिक्षा क्षेत्रको व्यवस्थापन र अनुगमनलाई प्रभावकारी बनाउन नगर शिक्षा समितिले थप पहल गर्ने संकेत दिएको छ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ जेठ ४ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्






