Close This

मदन–आश्रित स्मृति दिवसमा एमाले धनुषाद्वारा रक्तदान कार्यक्रम

२०८३ जेठ ४ सोमबार
बिहान ०८:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीले रक्तदान कार्यक्रम गरेको छ ।

एमाले जिल्ला कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष भोला यादवले गरेका थिए। उनले मदन भण्डारी र जीवराज आश्रितले अघि सारेको जनमुखी राजनीतिक विचारधारालाई स्मरण गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजसेवामा योगदान पुर्‍याउनुपर्ने बताए।

उनले रक्तदान जीवनदान भएकाले यस्ता कार्यक्रमले मानवीय सेवाको भावना विस्तार गर्नुका साथै आकस्मिक अवस्थामा रगत अभाव झेलिरहेका बिरामीलाई सहयोग पुग्ने उल्लेख गरे। कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताप्रति उनले धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

एमालेका जिल्ला सचिव दिपन ठाकुरको विशेष सक्रियतामा भएको कार्यक्रममा एमालेका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, युवा संघका प्रतिनिधि, महिला नेतृहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले मदन–आश्रितको योगदानलाई स्मरण गर्दै सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

रक्तदान कार्यक्रममार्फत संकलित रगत स्थानीय रक्तसञ्चार केन्द्रमार्फत आवश्यक बिरामीहरूको उपचारमा प्रयोग गरिने आयोजकले जनाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

काठमान्डौँमा रेस्टुरेन्टको मेनुमा 'गाईको मासु' को परिकार, उठयो कानुनी प्रश्न !

  • २०८३ जेठ ४ सोमबार

न्यूज ब्यूरो, काठमाडौं । कमाठमान्डौँ ठमेलस्थित एक रेष्टुरेन्टमा प्रतिबन्धित मानिने गाईको मासुसम्बन्धी परिकारको मेनु भेटिएपछि कानुनी तथा सामाजिक बहस सुरु भएको छ । पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा परिचित ठमेलमा सञ्चालनमा रहेको

पूरा पढ्नुहोस्

Bureau Menus