Close This

विराटनगरको ग्रीनक्रस अस्पतालमा मृतकको कानबाट सुन गायब भएपछि...

२०८३ जेठ ४ सोमबार
बिहान ०७:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, विराटनगर । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटल मा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारलाई विष सेवनपछि उपचारका लागि जेठ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको परिवारले जनाएको छ।

मृतकका आफन्तका अनुसार उपचारका क्रममा दुवै कानमा सुनका मुन्द्रा रहेको देखिएको थियो। तर मृत्यु भएपछि कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा गायब भएको उनीहरूको आरोप छ।

आफन्तले सुन हराएको विषयमा प्रश्न उठाएपछि सुरुमा अस्पताल प्रशासनले घटना स्वीकार गर्न नमानेको बताइएको छ। पछि उपचारका क्रममा खिचिएको भिडियो देखाइएपछि अस्पतालभित्र तनाव उत्पन्न भएको थियो।

परिवारका सदस्यका अनुसार अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गर्दा सुन हराएको पुष्टि भएको थियो। मृत्यु घोषणा गर्नुअघि पर्दा लगाएर ईसीजी गर्ने क्रममा सुन चोरी भएको हुन सक्ने आशंका परिवारको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यसपछि अस्पताल प्रशासनले हराएको सुन बराबरको क्षतिपूर्ति दिन सहमति जनाएको परिवारले बताएका छन्। अस्पतालले आन्तरिक छानबिन गर्ने भन्दै मृतकका आफन्तलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको छ।

यता, अस्पताल सञ्चालक कृष्ण खवास ले भने घटनाबारे प्रतिक्रिया दिन चाहेनन्। उनले मृतकको शव पोस्टमार्टमका लागि प्रहरीलाई बुझाइएको जानकारी दिए। आफू बाहिर रहेको भन्दै सुन चोरीबारे थप टिप्पणी गर्न अस्वीकार गरे।

कवित कटवाल ले घटनाबारे सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको बताए।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८३ जेठ ४ सोमबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus