Close This

मेयरमाथि अभद्र व्यवहार गरेकी कमला नगरपालिकाकी उपमेयर शिलादेवी सातादेखि सम्पर्कविहिन

२०८३ जेठ ४ सोमबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मेयरमाथि अभद्र व्यवहार गरेकी कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डल विगत एक सातादेखि सम्पर्कविहिन भएकी छन् । 

केही दिन अगाडी नगर प्रमुख विशेश्वर यादवमाथि केही वडाध्यक्षहरुको उक्साहटमा चप्पल प्रहार गरेकी उपमेयर मण्डल एक सातादेखि सम्पर्कविहिन भएकी हुन् । उनलाई प्रहरीले खोजिरहेको जनाइएपनि यो प्रहरीको फर्मालिटि मात्रै भएको आरोप मेयरको छ । मेयर यादवले प्रहरीले चाहे १ दिनमा खोजेर ल्याउन सक्ने भएपनि प्रहरीले नल्याएको बताएका छन् । 

मेयर यादवमाथि चप्पल प्रहार भएपछि उनले केही वडाध्यक्षहरुको समाजिक सँजालमा दिएको अभिव्यक्ति, चप्पल प्रहारको पुष्टिसहित अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता गरेपछि उनी सोही दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ । 

उपमेयरले चलाउने अफिसियल नम्बरमा विगत एक सातादेखि स्वीच अफ आएपछि उनी सम्पर्कविहिन भएको बुझिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ (संशोधन सहित) अन्तर्गत कार्यपालिकाले आफ्ना सदस्यमध्येबाट कार्यवाहक जिम्मेवारी तोक्न सक्ने व्यवस्था छ, तर उपमेयरको पद स्वतः अर्को सदस्यलाई सर्ने स्वतन्त्र प्रावधान छैन।

उपमेयर अधिक दिनसम्म सम्पर्कविहिन भए वा कार्यालय नआए कार्यपालिका बैठकबाट कार्यवाहक तोक्न सक्ने अधिकार ऐनले दिएको उल्लेख छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाका यी २५ स्कूलले ल्याए 4 GPA , नमुना भनिएका बेलापट्टि स्कूलका एउटै विद्यार्थीले ल्याउन सकेन 4:00 GPA

  • २०८३ जेठ ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषा जिल्लाका २५ जना विद्यार्थीले ४ दशमलव शून्य जीपीए प्राप्त गरेका

पूरा पढ्नुहोस्

Bureau Menus