Close This

जनकपुरमा बोर्डिँग स्कूलहरुमा पनि छात्रवृति लागू, मेयर साहले गरे छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन

२०८३ जेठ ३ आइतबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका द्वारा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन गरिएको छ। नगर प्रमुखसहित शिक्षा, युवा तथा खेलकुद विकास शाखाको टोलीले विभिन्न विद्यालयमा पुगेर परीक्षा सञ्चालन तथा व्यवस्थापन अवस्थाको निरीक्षण गरेको हो।

उपमहानगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि “संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१” अनुसार छात्रवृत्ति प्रक्रिया अघि बढाइएको जनाएको छ। नगर प्रमुख मनो कुमार साह ले विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

आज बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन गरिएको प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ। परीक्षा व्यवस्थापन, उपस्थिती तथा सञ्चालन अवस्थाबारे स्थलगत अनुगमन गरिएको शिक्षा समितिका सदस्य तथा एन–प्याब्सन नगर अध्यक्ष दिपक ठाकुरले जानकारी दिए।

उपमहानगरपालिकाका अनुसार प्रवेश परीक्षाको नतिजा आगामी जेठ ७ गते प्रकाशन गरिनेछ।

 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मलेसिया जान सप्तरीका एक युवकसँग ३ लाख रुपैयाँ माग्ने एजेन्ट रँगेहात पक्राउ

  • २०८३ जेठ ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका एक युवासँग गैरकानुनी रूपमा लाखौं रुपैयाँ असुल्न खोज्ने म्यानपावर कम्पनीका एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीका अजय कुमार यादव

पूरा पढ्नुहोस्

Bureau Menus