न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आउँदो बिहिबारदेखि लगातार चार दिनसम्म सार्वजनिक विदा गर्ने भएको छ ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार सो दिन बकर ईद परेको उल्लेख गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ।
गृह मन्त्रालयले बकर ईदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना समेत व्यक्त गरेको छ।
यससँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा रहेको छ भने त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार साप्ताहिक बिदा परेको छ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ जेठ ८ शुक्रबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्



