शंकास्पद गतिविधिमा संलग्न १५ बंगलादेशी नागरिक काठमाडौंबाट पक्राउ

२०८३ जेठ १९ मंगलबार
बिहान ०७:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ  । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित होटल एसीईको चौथो, पाँचौं र छैटौं तलामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आए पनि आगमनको उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूले सामाजिक सञ्जालमा युवतीहरूको नक्कली फेसबुक खाता सञ्चालन गरी बंगलादेश तथा भारतका नागरिकसँग अनलाइन माध्यमबाट सम्पर्क बढाउने, ठगी तथा अन्य गैरकानुनी गतिविधि सञ्चालन गर्ने गरेको आशंका गरिएको छ।

प्रहरीले घटनास्थलबाट विभिन्न डिजिटल सामग्रीसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको कार्यालयले जनाएको छ।

पक्राउ पर्नेहरूमा एमडी माजिदुल इस्लाम रेडोय, शाफिउल इस्लाम, अपन चन्दा साहा, अब्दुल्लाह अल जोबाएर, अबुल हसनाई, अल शाहरियार, फैसल, अजाद होसाइन, एमडी अजमाइन, एमडी तामिम हसन सोराब, एमडी जाकारिया जान्नात, साकिल अनवार, हार्जोट बिलाल रफातलगायत रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८३ जेठ १९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus