न्यूज ब्यूरो नेपाल, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा मैथिली भाषामार्फत स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ।
स्थानीय इतिहास, भाषा, कला, संस्कृति तथा मौलिक पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यले तयार गरिएको पाठ्यक्रम कार्यान्वयनको अन्तिम तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ।
स्थानीय पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले नगरप्रमुख मनोजकुमार साहलाई पाठ्यक्रमको प्रतिलिपि औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
पाठ्यक्रम ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामभित्र सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म उक्त स्थानीय पाठ्यक्रम मैथिली माध्यमबाट अनिवार्य रूपमा अध्यापन गराइने जानकारी दिए।
उनले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो भाषा, इतिहास, संस्कृति, धार्मिक तथा सांस्कृतिक सम्पदाबारे तथ्यपरक र व्यवहारिक ज्ञान दिलाउने विश्वास व्यक्त गरे। यसबाट बालबालिकामा आफ्नो पहिचानप्रति गौरव, अपनत्व र जिम्मेवारीको भावना विकास हुने उनको भनाइ थियो।
तयार गरिएको पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भाषा, साहित्य, कला, चाडपर्व, सामाजिक मूल्य-मान्यता, प्राकृतिक सम्पदा तथा स्थानीय जीवनशैलीसँग सम्बन्धित विषयवस्तु समेटिएको छ। यसले स्थानीय ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय पाठ्यक्रम मस्यौदा तथा लेखन समितिकी संयोजक अञ्जु पाण्डेको नेतृत्वमा तयार गरिएको उक्त पाठ्यक्रम निर्माणमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विषय विज्ञका रूपमा योगदान दिएका थिए।
उपमहानगरपालिकाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्थाअनुसार स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राखेर पाठ्यक्रम निर्माण गरिएको हो।
उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनसँगै जनकपुरधामको मौलिक इतिहास, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै त्यसलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असार २१ आइतबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्भाईरल समाचार


