जनकपुरको चर्चित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य वस्तु फेला, ५० हजार रुपैयाँ जरिवाना

२०८३ असार २० शनिबार
रति १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा सञ्चालित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य तथा म्याद नाघेका खाद्य सामग्री फेला परेपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

मधेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा मिठाई पसलमा खाद्य स्वच्छता मापदण्ड विपरीत सामग्री भण्डारण तथा प्रयोग गरिएको फेला पारेको हो। 

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी अखाद्य वस्तु राखिएको र आवश्यक मापदण्ड पालना नगरिएको पाइएपछि उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री वितरण गर्न, म्याद नाघेका वस्तु तत्काल हटाउन, सरसफाइमा विशेष ध्यान दिन तथा प्रचलित कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि व्यवसायमाथि आगामी दिनमा समेत कडा अनुगमन र कानुनी कारबाही जारी रहने चेतावनी दिइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो प्रसारित, सामाजिक सञ्जालमा व्यापक चर्चा

  • २०८३ असार २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ।  पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा

पूरा पढ्नुहोस्

Bureau Menus