जनता मावि बर्दिवासलाई 'केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड' , मधेश प्रदेशकै एक मात्र सामुदायिक विद्यालय सम्मानित

२०८३ असार १८ बिहीबार
बेलुकी ५:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास। महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, बर्दिवासले शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजाका आधारमा प्रतिष्ठित चौथो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड–२०८३’ प्राप्त गरेको छ। यस सम्मान प्राप्त गर्ने मधेश प्रदेशको एक मात्र सामुदायिक (सरकारी) विद्यालय बन्न सफल भएको विद्यालयले जनाएको छ। 

विद्यालयका प्रधानाध्यापक तोप बहादुर ठकुरीले काठमाडौंमा आयोजित विशेष समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन्। विद्यालयले पछिल्ला वर्षहरूमा हासिल गरेको शैक्षिक उपलब्धि, अनुशासित शिक्षण प्रणाली, गुणस्तरीय व्यवस्थापन तथा उत्कृष्ट एसईई र कक्षा १२ को नतिजालाई मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। 

विद्यालयका अनुसार हाल बिहान र दिवा सिफ्ट गरी कुल १,६४४ जना विद्यार्थी अध्ययनरत छन्। बिहान सिफ्टमा कक्षा ११ र १२ का ७८३ जना तथा दिवा सिफ्टमा कक्षा ० देखि १० सम्म ८६१ जना विद्यार्थी अध्ययन गरिरहेका सहायक प्रधानाध्यापक जय जोशिले बताए ।

यसअघि पनि जनता मावि बर्दिवासले मधेश प्रदेशकै उत्कृष्ट–२ विद्यालयको सम्मान प्राप्त गरेको थियो। साथै, विद्यालयका विद्यार्थीहरूले एसईई २०८२ मा ३.९० जीपीए सहित उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुर्‍याएका छन्। 

प्रधानाध्यापक ठकुरीले यो सम्मान विद्यालय परिवार, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको सामूहिक मेहनतको प्रतिफल भएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यालयलाई राष्ट्रिय स्तरको नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड प्राप्तिसँगै जनता माध्यमिक विद्यालय बर्दिवासले मधेश प्रदेशका सामुदायिक विद्यालयहरूको शैक्षिक क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा पुनः स्थापित गर्न सफल भएको स्थानीय शिक्षाप्रेमीहरूको भनाइ छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बायफ्रेण्डसँग मिलेर आफ्नै मँगेतर केतन अग्रवालको हत्या, भारतमा सनसनी

  • २०८३ असार १८ बिहीबार

न्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्र राज्यस्थित पुणे नजिकको प्रसिद्ध लोहागढ किल्लामा ट्रेकिङका क्रममा दुर्घटनामा मृत्यु भएको भनिएका युवा व्यवसायी केतन अग्रवालको घटनाले नाटकीय मोड लिएको छ। भारतीय प्रहरीले घटनालाई

पूरा पढ्नुहोस्

Bureau Menus