सिरहामा नक्कली पाइपको रिपोर्टिँग गर्न गएका पत्रकार सहनीमाथि प्रहरीको दादागिरी, कारवाही गर्न महासंघको माग

२०८३ असार १६ मंगलबार
बिहान ०७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले समाचार संकलनका क्रममा न्यूज २४ टेलिभिजनका संवाददाता दिलीप सहनी माथि प्रहरीले दादागिरी गरेको आरोप छ । 

पत्रकार सहनीमाथि भएको दुर्व्यवहारप्रति महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ । 

महासंघका अनुसार असार १३ गते इलाका प्रहरी कार्यालय गोलबजार क्षेत्रमा मार्भल कम्पनीको नाममा बिक्री–वितरण भइरहेको भनिएको डुप्लिकेट पाइपसम्बन्धी घटनाको समाचार संकलनका क्रममा पत्रकार सहनीमाथि दुर्व्यवहार भएको थियो।

विज्ञप्तिअनुसार भिडियो रिपोर्टिङ गरिरहेका बेला आफूलाई कम्पनीको प्रशासन प्रमुख बताउने दीपक नामका व्यक्तिले “समाचार अहिले नपठाउनुहोस्, म भनेपछि मात्र पठाउनुहोस्” भन्दै समाचार सम्प्रेषणमा हस्तक्षेप गर्न खोजेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत सादा पोशाकका प्रहरी कर्मचारी र सईले पत्रकार सहनीलाई धकेल्ने, प्रयोगमा रहेको मोटरसाइकल र मोबाइल खोस्ने प्रयास गर्ने तथा “समाचार संकलन गर्न लिखित अनुमति छ कि छैन ?” भन्दै समाचार संकलनमा अवरोध र अभद्र व्यवहार गरेको आरोप सार्वजनिक भएको महासंघले जनाएको छ। घटनाको भिडियो प्रमाणसमेत महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीलाई सार्वजनिक सरोकारका विषयमा निर्भीक रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने अधिकार रहेको स्मरण गराएको छ। समाचार संकलनका क्रममा पत्रकारलाई अवरोध गर्ने, डर–त्रास देखाउने वा दुर्व्यवहार गर्नु संविधान, प्रचलित कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य भएको महासंघको ठहर छ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। साथै, भविष्यमा पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्ता अवरोध वा दुर्व्यवहार भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असार १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus