न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत खुला सीमासँग जोडिएको धनुषाको धनौजी गाउँपालिकामा बढ्दो लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ।
धनौजी गाउँपालिकाको कार्यालयको आर्थिक सहयोग तथा त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. धनुषाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिका वडा नं. १ का विभिन्न विद्यालय, सार्वजनिक चोक तथा टोलबस्ती गरी १० स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो।
सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार तथा दुर्व्यसनको जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, युवा, महिला समूह तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा १२ जना कलाकारले यथार्थपरक अभिनयमार्फत लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। नाटकमा गलत संगतका कारण लागुऔषधको लतमा फसेका युवाको अवस्था, त्यसबाट परिवारमा उत्पन्न हुने समस्या तथा समयमै सचेतना र सामाजिक सहयोगबाट पुनः सही बाटोमा फर्कन सकिने सन्देश समेटिएको थियो।
कार्यक्रमलाई प्रभावकारी बनाउन नाटक प्रदर्शनअघि डिजे तथा माइकिङमार्फत वडा नं. १ का विभिन्न बस्ती र सार्वजनिक स्थानमा पटक–पटक प्रचार–प्रसार गरिएको थियो। प्रचार अभियानपछि प्रत्येक कार्यक्रम स्थलमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा कलाकारहरूले लागुऔषधको शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर, अभिभावकको भूमिका, विद्यालयको जिम्मेवारी तथा समुदायको सामूहिक सचेतनाको आवश्यकताबारे सशक्त सन्देश दिएका थिए। नाटक सम्पन्न भएपछि दर्शकसँग अन्तरक्रिया गरी लागुऔषधबाट बच्ने उपाय, युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उपाय तथा समुदायको भूमिकाबारे समेत जानकारी दिइएको थियो।
आयोजकका अनुसार नेपाल–भारत खुला सीमासँग जोडिएका क्षेत्रहरूमा लागुऔषधको जोखिम न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास गरिएको छ। स्थानीय समुदायले पनि विद्यालय तथा टोल–टोलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
धनौजी गाउँपालिकाले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउने उद्देश्यले यस्ता सामाजिक सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।
'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र
- २०८३ असार १८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम
पूरा पढ्नुहोस्

