न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ६ तिनकोरिया बेलापट्टिस्थित रहेको जनता माविका विद्यार्थीहरुमा हानहान हुँदा एक विद्यार्थी घाईते भएका छन् ।
आज मँगलबार विद्यालय परिसरभित्र दुई समूहबीच भनाभन हुँदा झगडा भएको बताईएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार, एक विद्यार्थीलाई उनकै साथीहरुले मिलेर कुटपिट गर्दा घाईते भएका हुन् ।
समाजिक सँजालमा गरेको कमेन्टको विषयलाई लिएर फाईट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विद्यार्थीको टाउको पछाडी रक्ताम्य भएको देखियो । उनले आफ्नो पहिचान खुलाउन चाहेनन् ।
यता, यस सन्दर्भमा प्रहरी चौकी तिनकोरियाले भने केही बताउन चाहेनन् । गेट बाहिर झै झगडा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विद्यार्थी घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
सम्बन्धित समाचार
प्रत्यक्षदर्शीहरुका अनुसार, विद्यार्थीलाई फलामे फाईटरले चोट लागेको बताएका छन् भने घाईते विद्यार्थीले समेत फाइट प्रहार भएको बताए । यद्यपी, प्रहरीले भने यसबारे बताएको छैनन् । उनको तत्कालै तिनकोरिया चोकमा रहेको एक क्लीनिकमा उपचार भएपछि घर फर्केको जनाइएको छ ।
यस सन्दर्भमा विद्यालयका प्रधानाध्यापक पवन मण्डलसँग सम्पर्क गर्दा उनले आफू विद्यालयमा नरहेको बताए । यस घटनाबारे आफूलाई थाहा नभएको बताए ।
सम्बन्धित समाचार
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ असार २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्भाईरल समाचार


