न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–१ अन्तर्गत पर्ने मुजेलिया बाँध निर्माणका लागि ठेक्का आह्वान भएको छ । वर्षौंदेखि अलपत्र रहेको उक्त आयोजना अघि बढ्ने प्रक्रियामा प्रवेश गरेसँगै स्थानीयवासीमा आशा जागेको छ ।
लामो समयसम्म ठेक्का प्रक्रिया अघि नबढ्दा निर्माण कार्य रोकिएको मुजेलिया बाँधका लागि सम्बन्धित निकायले हालै ठेक्का (टेन्डर) आह्वान गरेको हो ।
प्रतिनिधिसभा सदस्य राम विनोद यादवले आफ्नो पहल र सम्बन्धित निकायसँगको समन्वयपछि ठेक्का प्रक्रिया अघि बढेको बताएका छन् । उनले बाँध निर्माणलाई प्राथमिकतामा राख्दै निरन्तर पहल गरेको दाबी गरेका छन् ।
स्थानीयवासीले वर्षौंदेखि बाँध निर्माण नहुँदा वर्षायाममा बाढी र नदी कटानको जोखिम सामना गर्दै आएका थिए । ठेक्का आह्वान भएसँगै अब निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा स्थानीयको छ ।
स्थानीयले लामो समयदेखि रोकिएको आयोजना अघि बढ्ने वातावरण बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
बाँध निर्माण सम्पन्न भएपछि कमला नगरपालिका–१ लगायत आसपासका बस्तीमा बाढी तथा नदी कटानको जोखिम न्यूनीकरण हुनुका साथै स्थानीयको जनधनको सुरक्षामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
जानकी मन्दिरमा निषेधपछि बौखलाए हर्क साम्पाँग, हरेक १५ मिनेटमा फेसबुके स्टेटस
- २०८३ श्रावण ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा जानकी मन्दिर दर्शनको कार्यक्रम राखेका साँसद हर्क साम्पाँगलाई निषेध गरिएपछि उनी बौखलाएको आरोप लागेको छ । जनकपुरमा गत मँगलबार दिउँसो जानकी मन्दिर दर्शनको कार्यक्रम राखेका हर्क
पूरा पढ्नुहोस्

.jpeg)
