न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चाडपर्वपछि फेरि निर्णायक संघर्षमा उत्रिनुपर्ने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, उत्पीडित वर्गको उत्थान तथा संविधान संशोधनका लागि संघर्ष आवश्यक रहेको बताए ।
उनले संघीयता, समावेशिता र धर्मनिरपेक्षताको विरोध गर्ने शक्तिसँग आफ्नो सहकार्य हुन नसक्ने स्पष्ट पारे ।
‘एकचोटी अझै संघर्ष गर्नुपर्छ । संघीयता विरोधी, समावेशिता विरोधी र धर्मनिरपेक्षताविरोधीसँग हाम्रो सहकार्य हुँदैन,’ यादवले भने ।
संविधान संशोधन अहिलेको प्रमुख राजनीतिक मुद्दा भएको दाबी गर्दै उनले यो सहजै सम्भव नहुने बताए । संविधान संशोधनका लागि राजनीतिक संघर्ष आवश्यक रहेको उनको भनाइ थियो ।
‘संविधान संशोधन अहिलेको ठूलो मुद्दा हो । यो सहजै हुँदैन । यसको लागि संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘तिहार–छठ पर्व मनाउनुहोस्, त्यसपछि संघर्ष गर्नुपर्छ, त्यो पनि आरपार जस्तो ।’
यादवले आगामी संघर्षलाई निर्णायक बनाउन कार्यकर्तालाई तयारी अवस्थामा रहनसमेत आह्वान गरे । उनले मधेसलगायत उत्पीडित समुदायका अधिकार, संघीयता र समावेशी व्यवस्थाको संरक्षणका लागि राजनीतिक दबाब निरन्तर बढाउनुपर्ने धारणा राखे ।
सप्तरीका १८ पालिकामा एआई एक्सरे अभियान सम्पन्न, ८० जना क्षयरोगका बिरामी पहिचान
- २०८३ भदौ २८ आइतबार
न्यूज ब्यूरो, राजविराज । क्षयरोग नियन्त्रण तथा समयमै बिरामी पहिचान गर्ने उद्देश्यले बागमती सेवा समाज नेपालले मधेश प्रदेश सप्तरी जिल्लाका १८ वटै पालिकामा एआई एक्सरे प्रविधिमार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ अभियान सञ्चालन
पूरा पढ्नुहोस्



