न्यूज ब्यूरो, जनकपुरधाम । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई सेवाग्राहीमैत्री र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पत्राचार गर्दै सरकारी कार्यालयबाट सेवा लिँदा अपांगता भएका व्यक्ति, असहाय, गर्भवती महिला, साना बच्चा भएका महिला तथा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन निर्देशन दिएको हो ।
मन्त्रालयले भदौ २९ गते सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई सहजीकरण एवम् प्रभावकारी सेवा प्रवाह गर्न विभिन्न पाँचबुँदे निर्देशन दिएको छ ।
निर्देशनअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई निगरानी गरी प्रचलित कानुनबमोजिम कारबाहीको व्यवस्था मिलाउन भनिएको छ ।
त्यस्तै, अपांगता भएका व्यक्ति, असहाय व्यक्ति, गर्भवती महिला, साना बच्चा भएका महिला र ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिक सहायता सेवाअन्तर्गत विभिन्न सेवा निःशुल्क उपलब्ध गराउनसमेत भनिएको छ । त्यसमा जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने विभिन्न निवेदन तथा फाराम, राहदानी तथा नागरिकता सेवाका लागि आवश्यक अनलाइन फाराम, फोटोकपी तथा स्क्यानिङ सेवा र इमेलमार्फत पत्राचार गरी प्राप्त हुने तथा प्रिन्ट गर्नुपर्ने सेवाहरू निःशुल्क उपलब्ध गराउन निर्देशन दिइएको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा मात्र सीमित नरही जिल्लाको प्रकृति र आवश्यकताअनुसार सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय गरी नागरिकलाई आवश्यक सहयोग निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत भनेको छ ।
त्यस्तै, सेवा प्रवाहमा प्रभावकारिता बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना, जानकारी तथा कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायत उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्न र कार्यालयको वेबसाइटलाई नियमित अद्यावधिक गर्न निर्देशन दिइएको छ ।
गृह मन्त्रालयले यसअघि जारी गरेको परिपत्र तथा मुख्य सचिव र गृह सचिवस्तरीय जुम बैठकबाट दिइएका निर्देशनसमेतलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
धनुषामा एक बालिका बलात्कृत, २२ बर्षिय युवक फरार !
- २०८३ भदौ ३० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित
पूरा पढ्नुहोस्


