न्यूज ब्यूरो, जनकपुरधाम । ग्लोबल टेररिज्म इन्डेक्स (जीटीआई) २०२६ अनुसार पाकिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । सन् २०२५ को तथ्यांकका आधारमा प्रकाशित सूचकांकमा पाकिस्तान पहिलोपटक पहिलो स्थानमा परेको हो ।
इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस ९आईईपी० ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाकिस्तानमा सन् २०२५ मा आतंकवादी घटनाबाट १ हजार १३९ जनाको मृत्यु भएको थियो भने १ हजार ४५ वटा घटना भएका थिए । घटनामा १ हजार ५९५ जना घाइते भएका थिए ।
यसअघि लगातार दुई वर्षसम्म बुर्किना फासो सूचकांकमा पहिलो स्थानमा थियो । सन् २०२५ मा त्यहाँ आतंकवादसम्बन्धी मृत्यु ४५ प्रतिशतले घटेपछि बुर्किना फासो दोस्रो स्थानमा पुगेको छ ।
जीटीआईले पाकिस्तानमा बढ्दो हिंसाको मुख्य प्रभाव खैबर पख्तुनख्वा र बलुचिस्तान क्षेत्रमा देखिएको जनाएको छ । यी दुई क्षेत्रमा सन् २०२५ का ७४ प्रतिशतभन्दा बढी आतंकवादी हमला र ६७ प्रतिशत मृत्यु भएका थिए ।
प्रतिवेदनअनुसार तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) पाकिस्तानमा सबैभन्दा घातक आतंकवादी संगठनका रूपमा देखिएको छ । सन् २०२५ मा टीटीपीसँग सम्बन्धित घटनामा ६३७ जनाको मृत्यु भएको उल्लेख छ । बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) पनि पाकिस्तानको सुरक्षा चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, सूचकांकमा पाकिस्तान पहिलो हुनुको अर्थ पाकिस्तानलाई ‘आतंकवादी देश’ भनेर वर्गीकरण गरिएको भने होइन । जीटीआईले देशभित्र आतंकवादको प्रभाव मापन गर्छ, जसमा आतंकवादी घटना, मृत्यु, घाइते तथा बन्धक बनाइएका व्यक्तिलगायतका सूचक समावेश हुन्छन् ।
विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ असोज १८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्

