जनकपुरः भागेर बिहे गरेकी १७ बर्षिय नवविवाहित किशोरीको शंकास्पद मृत्यु, माइती पक्षद्वारा हत्या आरोप

२०८३ असोज १५ बिहीबार
बेलुकी ७:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरमा १७ वर्षीया नवविवाहित किशोरीको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।

स्थानीय दिनेश ठाकुरकी श्रीमती पूजा महतो गत शनिबार राति घरमै सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् । उनको घाँटीमा झुण्डिएको जस्तो डाम देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनापछि प्रहरीले पूजाका पति दिनेश ठाकुर र उनकी सासूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पछि किरियाकर्मका लागि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।

तर पूजाको माइती पक्षले उनको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गरेको छ । माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रहरीका अनुसार पूजा र दिनेश एउटै वडाका फरक–फरक टोलमा बस्ने तथा फरक जातका थिए । उनीहरूबीच प्रेम सम्बन्ध भएपछि परिवार तथा समाजले उमेर नपुगेको र अन्तरजातीय सम्बन्ध रहेको भन्दै सम्बन्ध छुटाउन पञ्चायतसमेत गरेको बताइएको छ ।

तर परिवार र समाजको असहमतिका बाबजुद उनीहरूले करिब सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेका थिए । विवाह भएको सात महिना नपुग्दै पूजाको घाँटीमा डाम देखिएको अवस्थामा शव फेला परेपछि घटनामाथि थप प्रश्न उठेको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । पूजाको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नता वा मृत्युको वास्तविक कारण अनुसन्धानबाट मात्रै यकिन हुने जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ असोज १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus