-(1)..jpeg)
विश्व अहिले कोरोना भाईसको महामारीबाट आक्रान्त छ । कोरोनाको महामारीसँगै नेपाल सहित विभिन्न धनी देशमा पनि कैयौं प्रतिशतको रोजगारी गुमेको अवस्था छ । यस्तो महामारीमा विभिन्न देशका सरकारले महामारीबाट बच्नको लागि देशलाई लकडाउन गरेको सर्वविदितै छ । तर, यस्तो अवस्थामा पनि बालबालिकाहरुको शिक्षा होस टेक्नीकल दुनियाँको शिक्षा होस भर्चुअल माध्यमबाट पनि अध्ययन अध्ययापन जारी छ । ईन्स्च्युटसम्म जाने वातावरण छैन, स्कूलसम्म भौतिक रुपमा उपस्थित हुने वातावरण छैन । जसको कारण हजारौं हजारको रोजागरी गुमेको छ । महामारीले डिजिटल दुनियाँको महत्व झल्काएको छ र स्थापित गराएको छ । यो दुनियाँ डिजिटल प्लेटफार्मको हो, डिजिटल दुनियाँ हो र सँसार अहिले डिजिटिलाईजेशन भईरहेको छ ।
विगत १२ वर्षदेखि नेपालको आईटी क्षेत्रबाट दिग्गज व्यक्तित्वहरु उत्पादन गर्ने र आईटी क्षेत्रमा निरन्तर योग्दान दिँदै आएको ब्रोडवे ईन्फोसीस नेपाल ट्रेनिँग सेन्टर (Broadway Infosys Nepal) का सँस्थापक (सिईओ) राजु अधिकारीसँगको सँक्षिप्त कुराकानी प्रस्तुत छ ।
नेपालमै ब्रोडवे ईन्फोसीस नेपाल आईटी क्षेत्रको लागि एक वरदानको रुपमा स्थापित भएको देखिएको छ । नेपालको ७७ जिल्लाबाट आईटीका लागि आउने विद्यार्थीहरुको पहिलो रोजाई ब्रोडवे ईन्सफोसीस हुन्छ । यो सम्भव कसरी भयो ?
यस्तो छ, हामीले जुन बेला आईटी क्षेत्रको लागि, आईटीका विद्यार्थी उत्पादनको लागि ट्रेनिँग सेन्टर खोल्यौं, त्यतिबेला पनि आईटीको माग कम थिएनन् । वर्तमान अवस्थामा, अहिलेको अवस्थामा आईटी भनेपछि नभई नहुने क्षेत्रको रुपमा स्थापित भएको छ । यो यस्तो क्षेत्र हो जहाँ डिग्रीले मायने राख्दैन, यहाँ सीपले मायने राख्ने हो । सँसारको धेर्र कार्यहरु अब डिजिटल प्लेटफार्म मार्फत हुन थालेकोले आईटी क्षेत्र झन स्थापित हुँदै गएको छ । अब, कुरा रहयो, हामीले ब्रोडवेलाई कसरी च्वाईस बनायौ ? ब्रोडवे अहिलेको अवस्थामा आफैंमा एक फरक नाम हो आईटी क्षेत्रमा । जहाँबाट यस १२ वर्षको अन्तरालमा हजारौं लाखौं विद्यार्थीहरुले बुनेको सपना साकार पार्न हातोमालो गरेको छ र उहाँहरुको सफलतासँगै ब्रोडवे ईन्सफोसिस नेपाल पनि आफ्नो पाईला चाल्दै गएको छ ।
नेपालको दुर्गम जिल्लाहरुका विद्यार्थीहरु मात्र होईनन, समथर जिल्ला, तराई मधेशका विद्यार्थीहरु पनि आईटी क्षेत्रमा रुची भएर पनि पढन पाएका छैनन, यस्तोमा तपाईको सुझाउनुहुन्छ ?
शिक्षामा सबैको अधिकार हुनुपर्छ । हेर्नुस्, आईटी क्षेत्र भनेको बिना डिग्रीको पनि गर्न सकिने क्षेत्र हो । ईच्छुक विद्यार्थीहरुले नेपालको ७७ वटै जिल्लाबाट ब्रोडवेलाई छानेका छन् र यसप्रति हामीलाई गर्व छ । ईच्छुक विद्यार्थीहरु जो की आईटी सेक्टरमा पढन चाहन्छ, आफ्नो करियर बनाउ चाहन्छन्, रोजगार पाउन चाहन्छन उनीहरुको लागि उत्तम विकल्प हो– आईटी को पढाई, जो की ब्रोडवेले विगत १२ वर्षदेखि गर्दै आएको छ । हामी स्वागत गर्न चाहन्छौं ईच्छुकलाई, जनकपुर क्षेत्रबाट पनि यहाँबाट सयौं युवाहरुले पढेर आज आफ्नो करियर बनाएको थुप्रै उदाहरण छ । तर, यसको लागि आईटीको बारेमा बुझनुपर्छ, जान्नुपर्छ र यसमा तल्लिन हुनुपर्छ । भविष्य पक्का छ यसमा ।
तपाईंले ब्रोडवे इन्फोसिस सुरु गरेर नेपालमा आईटी विषयका तालिम दिन सुरु गरेको १२ वर्ष पुरा भइसकेको छ । फरक पृष्ठभूमीबाट भए पनि तपाईंलाई यो क्षेत्रमा लाग्न केले प्रेरित गर्यो ?
खासमा म व्यवस्थापन पृष्ठभूमीबाट आएको हुँ । सन् २००६ देखि नै आईटी ट्रेनिङ क्षेत्रमा लागें । त्यतिखेर ब्रोडवे इन्फोसिस भनेर सुरु गरिसकेका थिएनौं । त्यतिखेर हिमालयन इन्फोसिस भन्ने कम्पनी थियो । म त्यहाँ व्यवस्थापन तहकै भूमिकामा थिएँ ।
त्यतिखेर वेबसाइट डिजाइन, एप डेभलपमेन्ट, सफ्टवेर डेभलपमेन्ट जस्ता कामहरु लक्जरियस कामको रुपमा मानिन्थे । कुनै कम्पनीले आफ्नो वेबसाइटको परिकल्पना गर्दैन थे ।
अहिले चाहिँ कम्पनी खोल्नुभन्दा पहिले नै डोमेन, ईमेल सबै चेक गरेपछि नाम फाइनल गर्छन् । तर त्यतिखेर यस्तो अवस्था थिएन । भिजिटिङ कार्डमा ईमेल त राखिएको हुन्थ्यो, तर वेबसाइट, डोमेन केही हुँदैन थ्यो ।
त्यतिखेरै मलाई लाग्थ्यो बजार आफै बनाउनुपर्छ, रेडिमेट हुँदैन । आफै सघर्ष गर्नुपर्छ भन्ने ठान्थेँ । प्रोग्रामिङको बजार बन्दैछ र त्यसको तालिम दिनुपर्छ भनेर त्यतिखेरै सोच्थेँ । त्यसपछि मैले पढाई पनि आईटी मै सुरु गरेँ । व्यवसाय पनि आईटीकै थियो ।
ब्रोडवेको सुरुवाती दिनहरुलाई कसरी सम्झिन चाहनुहुन्छ र ?
२००८ जुलाई २८ मा तीनकुनेको सीआईटी कलेजनिर हामीले ब्रोडवे इन्फोसिस इन्स्टिच्युट सुरु गर्यौं । त्यतिखेरको माहोल नै फरक थियो । ट्रेनिङ इन्स्टिच्युट, कन्सल्टेन्सी र डेभलपमेन्ट कम्पनी जे भए पनि बागबजार र पुतलिसडक क्षेत्रमा मात्रै चल्छन् भन्ने एक किसिमको मान्यता थियो ।
मेरा धेरै साथीहरुले पनि मलाई तीनकुनेमा चल्दैन भन्नुहुन्थ्यो । बजार बनिबनाउ हुँदैन, बनाउन सक्नुपर्छ भनेर नै हामीले कम्पनी सुरु गरेका थियौं । जहिले पनि मानिसले ठूलो सपना देख्नुपर्छ भन्नेमा म विश्वास राख्छु । त्यही विश्वासका साथ ब्रोडवेको नाम जुराइएको हो ।
हामी तीन चार जना दाजुभाइले दुई कोठा भएको सानो फ्ल्याटबाट कम्पनी सुरु भएका थियौं । त्यतिखेर हामीसँग कम्प्युटर पनि चार वटा मात्रै थिए । सुरुवाती दिनमा हामीले पीएसपी, वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, एचक्यूएल सर्भर जस्ता दुईचार वटा कोर्ष पढायौं ।
मानिसहरु त्यतिखेर हामीलाई देखेर हाँस्थे । तर हामी निकै अगाडि जान सक्छौं भन्ने कुरामा म चाहिँ पूर्णरुपले विश्वास्त थिएँ ।
तपाईंहरुले नेपालमा आईटी ट्रेनिङ दिन थालेको १२ वर्ष पुरा भइसकेको छ । अहिले आफूलाई कहाँ पाउनुहुन्छ ?
अहिले ब्रोडवे तीनकुनेको कान्तिपुर हस्पिटल पछाडि चार वटा फ्ल्याटबाट चलिरहेको छ । हामीले १२ वर्ष पार गरिसकेका छौँ । हामी एकैपटक यो स्तरमा विस्तार हुन सकेका होइनौं । बिहान ६ः३० मा अफिस आएर बेलुका ९ बजे घर जान्थ्यौं ।
सुरु सुरुमा सरसफाई गर्ने छुट्टै मान्छे राख्ने अवस्था हामीसँग थिएन । बिहान आफै कुचो लगाएर ९ बजे विद्यार्थीहरुलाई पढाउन तयार भइसकेका हुन्थ्यौं । त्यसैको प्रतिफल अहिलेको ब्रोडवे इन्फोसिस हो भन्ने लाग्छ ।
नेपाली कम्पनीलाई विकसित देशमा विस्तार गर्ने सपना पुरा गर्नकै लागि म अमेरिका आएको हुँ
अहिले म अमेरिकामा छु । हामीले अमेरिकाबाट समेत ब्रोडवे इन्फोसिस सञ्चालन गर्न थालेको तीन वर्ष भयो । अहिले हामीसँग अमेरिकाको मेरिल्याण्ड, न्यूयोर्क, क्यालिफोर्नियाबाट विद्यार्थीहरु पढिरहेका छन् । नेपाली कम्पनीलाई विकसित देशमा विस्तार गर्ने सपना पुरा गर्नकै लागि म अमेरिकामा आएको हुँ ।
समयको माग अनुसार हामी परिवर्तन हुँदै गइरहेका छौं । सुरुवाती दिनमा क्लास रुमबाट तालिम दिँदै आएका थियौं । पछिल्लो समय भने अनलाइनमा समेत हाम्रा कोर्षहरु पढाई भइरहेका छन् ।
कोभिडले गर्दा चार पाँच वर्षपछि अनलाइनमा जाने सोचिरहेका कम्पनीहरु पनि अहिले नै अनलाइनमा जानुपर्ने बाध्यतामा पुगेका छन् । तर हामीले केही वर्ष अघिदेखि नै अनलाइन कोर्षहरु पढाइरहेका छौँ ।
१२ वर्षे अवधिमा तपाईंले नेपालको आईटी ट्रेनिङ र आईटी इण्डस्ट्री आएको परिवर्तनलाई कसरी नियालीरहनु भएको छ र?
सुरु सुरुमा पुश मार्केटिङ बढी गर्नुपर्ने हुन्थ्यो । मानिसहरुलाई भनिराख्नुपर्ने हुन्थ्यो । अहिले त्यस्तो छैन । अर्को कुरा यसको बजार त्यतिखेर मानिसहरुले खासै देखिरहेका थिएनन् । अहिले भने थुप्रै आईटी कम्पनीहरु खुलिरहेका छन् । यसमा रोजगारको बजार निकै विस्तार भएको छ ।
नेपालमा सबैभन्दा छोटो समयमै राम्रो विकास भएको भनेकै आईटी उद्योग हो । चाहे तपाईं आईटी, इन्टरनेट वा टेलिकम नै किन नभन्नुहोस् । वेबसाइट, सफ्टवेयर, टूल्स टेक्नोलोजि बनाउने अनेकौं कम्पनी खुलेका छन् ।
सबै जसो बैंक अनलाइनमा गइसकेको अवस्था छ । यस हिसावले एक दशक अघिको तुलनामा बजार निकै परिवर्तन भइसकेको छ । यो परिवर्तनमा हामीले पनि केही न केही भूमिका खेलेर योगदान दिन सकेका छौं भन्ने लाग्छ ।
सरकारको डिजिटल नेपालको कार्ययोजनामा पनि आईटी ट्रेनिङ कम्पनीहरु अटाउनुपर्छ । सचेतना अभिवृद्धि गर्न र आवश्यक जनशक्ती उत्पादनका लागि हामीजस्ता इन्स्टिच्युट सरकारलाई सहयोगी बन्न सक्छन् ।
नेपालबाट सुरु भएको ब्रोडवे अहिले अमेरिकासम्म पुगेको छ । थुप्रै देशका विद्यार्थीहरु तपाईंहरुकहाँ सीप सिकिरहेका छन् । नेपाली र अन्य देशका युवा तथा विद्यार्थीहरुमा सीप सिकाईको विषयलाई लिएर कुनै किसिमको भिन्नता पाउनु भएको छ ?
अमेरिका र नेपालमा लिन सकिने तालिमहरुमा त्यस्तो फरक भन्ने चिज नै हुँदैन । प्रविधि आफैमा बायस्ड हुँदैन । अमेरकामा सिके पनि नेपालमा सिके पनि जाभा, जाभा नै हो । यहाँ चल्ने गूगल र नेपालमा चल्ने गूगल एउटै हो ।
त्यसैले कति कुरा ग्रहण गर्न सक्ने वा नसक्ने भन्ने कुरा व्यक्ति विशेषमा निर्भर हुने विषय हो । कसले कति समय दिन्छ, कति डेडिकेटेड छ भन्नेमा पनि यो सबै कुरा भर पर्छ । एउटा कुरा चाहिँ के हो भने यहाँका मानिसहरुमा कम्युनिकेसन स्किल चाहिँ बढी हुन्छ ।
हामी बोल्न र आफूसँग भएको क्षमताको विषय अरुलाई सुनाउन हिचकिचाउँछौं । इन्टरभ्यू फेस गर्नु अघि नै हामी तनावमा हुन्छौं । त्यस्तो समस्या चाहिँ अरु देशका विद्यार्थीमा देखिँदैन । किन भने यहाँ अभ्यासगत प्रयास बढी हुन्छ ।
यसको अर्थ नेपालीहरुमा त्यस्तो क्षमता नभएको भने होइन । तपाईं फेसबुक, एप्पल, गूगल, माइक्रोसफ्ट लगायतका ठूला ठूला कम्पनीमा पनि हेर्न सक्नुहुन्छ । यतिसम्म कि नासामा समेत नेपालीहरु देख्न सक्नुहुन्छ ।
त्यसैले नेपालीहरुले नसक्ने भन्ने कुनै कुरा छैन । तर हामी कतिसम्म डेडिकेटेड छौं, हाम्रो ड्रिम के हो र मिसन के हो अनि हामीले हाम्रो करिअरलाई कहाँसम्म लैजान खोजेको भन्ने कुरा मात्रै क्लियर नभएको हो । त्यसैले केही गर्ने तीब्र इच्छाशक्ती हुनुपर्यो भन्ने चाहिँ हो ।
अहिले कोरोनाको बेला छ । यस्तोमा प्रत्यक्ष रुपमा सञ्चालन हुने कक्षाहरु बन्द भइरहेको अवस्था छ । तपाईंहरुले अहिले पनि अनलाइन कोर्षहरु नियमित रुपमा सञ्चालन गरिरहनु भएको छ रु
हामीले सन् २००९ देखि नै प्रत्यक्ष र अनलाइन दुवै किसिमका कक्षाहरुलाई समानान्तर रुपमा चलाइरहेका छौं । अहिले हामीसँग अमेरिका, बेलायत र भुटानबाट समेत विद्यार्थीहरु जोडिनु भएको छ ।
हामीसँग ८० भन्दा बढी कोर्षहरु सञ्चालनमा छन् । यसरी हामीले अहिलेसम्म हजारौं विद्यार्थीहरुलाई पढाइसकेका छौं ।
अनलाइन कक्षामा चाहिँ रेकर्डेड भिडियो तथा इन्टरएक्टिभ टूलको प्रयोग गर्नुहुन्छ कि लाइभ क्लासमा नै पढाउनु हुन्छ ?
हामीले दिने अनलाइन कक्षा रेकर्डेड भिडियोबाट नभएर प्रत्यक्ष रुपमा नै सञ्चालन भइरहेका छन् । जसका लागि कम्पनीको आफ्नै लर्निङ म्यानेजमेन्ट टूल प्रयोग गरिरहेका हुन्छौं । साथै बजारमा चल्तीमा रहेका जूम, मीट, टिम्स लगायतका टूलहरुबाट समेत कक्षाहरुमा सहभागीता जनाउन सकिन्छ ।
अहिलेको समयमा हामीकहाँ पढ्न चाहने विद्यार्थीले ब्रोडवे इन्फोसिसको वेबसाइटमा गएर अनलाइन ट्रेनिङ सेक्सनमा रहेका कोर्षहरु रोज्न सक्नुहुन्छ । त्यसमा नाम, नम्बर लगायतका व्यक्तिगत विवरणहरु भरेर आफ्नो भर्ना प्रक्रिया समेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था मिलाएका छौं ।
भुक्तानीका लागि ईसेवा, खल्ती, कनेक्ट आईपीएस, पेपाल लगायतका माध्यमहरु छन् । अफलाइनका लागि भने हामीलाई इन्क्वाइरी गरे पुग्छ । हाम्रो टिमले उहाँहरुलाई फलो गरिहाल्छ ।
कोभिडको बेला छ । यस्तो अवस्थामा तपाईंको ट्रेनिङ इन्स्टिच्युट चाहिँ कसरी चलिरहेको छ ?
अहिले धेरै मानिसहरु एन्जाइटी ९तनाव० र डिप्रेसनमा गइरहेको अवस्था छ । लकडाउनको सुरुको १५र२० दिन चाहिँ हामीले पनि अफिस पूर्ण रुपमा बन्द गरेका थियौँ ।
त्यसपछि भने निरन्तर रुपमा निःशूल्क निःशूल्क क्लासहरु दिइरहेका छौं । हामीले अहिलेसम्म १२र१५ वटा यस्ता कक्षाहरु सञ्चालन गरिसकेका छौं ।
हामी पैसा कमाउनेभन्दा पनि अहिलेको यो महामारीको समयमा समुदायलाई केही योगदान पुर्याउनुपर्छ भनेर काम गरिरहेका छौं । हामीले स्कलरशिप र डिस्काउण्ट जस्ता स्किम ल्याएर भए पनि विद्यार्थीहरुलाई सुलभर दरमा सीपहरु सिकाइरहेका छौं ।
लामो समयदेखि जारी लकडाउन तथा सटडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य छन् । भविष्यमा कुनै ठाउँमा काम गर्न जाँदा यो महामारीको समयमा के सीप सिक्नुभयो भन्ने प्रश्न अवस्य पनि सोधिनेछ ।
यो महामारीले सबै कुरा सकियो, बर्बाद भयो, भनेर आँत्तिनेभन्दा पनि केही न केही नयाँ कुरा सिकौं भन्ने हाम्रो प्रयास हो । यसले हाम्रो महत्वपूर्ण समय खेर जानबाट जोगाउन ठूलो भूमिका खेल्छ जस्तो लाग्छ ।
अलि अलि तनाव त पक्कै पनि हुन्छ । तर भोलिको दिनमा हाम्रो करिअरमा समेत महामारीको असर नपरोस् भन्नेतर्फ युवाविद्यार्थीहरु सचेत हुन जरुरी छ ।
अहिले कति मानिसहरुले आफ्नो परिवारका सदस्य गुमाएका छन् । आफन्तसँग बिछोडिनुपरेको छ । कति आफै यो रोगसँग जुधिरहनु भएको छ । यस्तो बेला केही कुरा गर्ने र सिक्ने कुराले समुदायमा सकारात्मकता भर्न सहयोग पुर्याउन सक्छ ।
यो कोभिडको महामारीले गर्दा थुप्रैले रोजगारी गुमाएका छन् । तर आईटी क्षेत्रमा काम गर्नेहरुले भने तुलनात्मक रुपमा कमैले मात्र रोजगारी गुमाउनु पर्यो नि होइन ?
अमेरिकामा प्रत्येक हप्ता दशदेखि १५ लाखले आफ्नो रोजगारी गुमाइरहेका छन् । तर आईसीटी क्षेत्रमा काम गर्ने साथीहरुको रोजगारी केही हदसम्म जोगिएको छ ।
त्यसैले आफूलाई यो क्षेत्रमा सीपयुक्त बनाऔं भन्ने मेरो आग्रह हो । जो यो क्षेत्रमा छैनन्, उनीहरु पनि यसमा लाग्न सक्छन् ।
डिग्री छ भने अझै राम्रो, तर स्कील बढायौं भने डिग्री नहुँदैमा काम पाउन सकिँदैन भन्ने मान्यता टुट्दै गएको छ
यो मैले भनेको कुरा होइन, एप्पल, आईबीएम, माइक्रोसफ्ट जस्ता कम्पनीहरुले आफूकहाँ काम गर्न आउने मान्छेहरुको शैक्षिक योग्यता नहेरेर सीप र दक्षता हेर्ने परिपाटी सुरु गरिसकेका छन् ।
मानौं जाभामा काम गर्न सक्ने कोही व्यक्ति छ तर कुनै शैक्षिक संस्थाको डिग्री उसँग छैन भने पनि काम पाउन अब गाह्रो छैन । अमेरिकामा यसले कानूनी मान्यता समेत प्राप्त गरिसकेको छ ।
यसको असर अरु मुलुकहरुमा पनि पर्छ । हामीजस्ता विकासशील राष्ट्रहरुमा नपर्ने भन्ने त झन् कुरै छैन । डिग्री छ भने अझै राम्रो । तर स्कील बढायौं भने डिग्री नहुँदैमा काम पाउन सकिँदैन भन्ने मान्यता टुट्दै गएको छ ।
शैक्षिक योग्यता नभएको तर सीप र क्षमता भएका व्यक्तिहरुलाई काममा राख्ने परिपाटी नेपालमा चाहिँ कत्तिको देख्नुहुन्छ र?
नेपालमा पनि यो अभ्यास सुरु भइसकेको छ । सफ्टवेयर डेभलपमेन्ट लगायतको काम गर्ने कम्पनीमा भर्ना गर्दा उनीहरुले स्कील टेस्ट गर्न थालिसकेका छन् ।
रोजगारीमा आवेदन दिँदा जागिर पाइहालिन्छ भन्ने मान्यता धेरैमा हुन्छ । तर अप्लाई गरेपछि स्किल टेस्ट गरेरै काममा राखिने भएकाले रोजगारीमा लाग्न चाहनेहरुले आफ्नो सीप र दक्षता बढाउनुको विकल्प छैन ।
हुन त यो महामारीले विश्वव्यापी रुपमा असर गरेको छ । रोजगारीको माग सामान्य अवस्थाको तुलनामा घटेको छ । तर अहिलेको अवस्थामा केही कम्पनीले फ्रेश ट्यालेन्टहरुलाई हायर गरिरहेका छन् । अहिले घरबाटै इन्टर्नशिप गर्ने अफर कतिपय कम्पनीहरुले गरिरहेका छन् ।
त्यसैले यो समयमा तालिम लिन आवश्यक भएकाहरुले लिने र लिन नपर्नेहरुले सोझै कम्पनीहरुमा अप्रोच राख्नुपर्ने हुन्छ । हामीजस्तो संस्थामा पनि आफ्नो सीभीहरु पठाउन सक्नुहुन्छ ।
हाम्रो ईमेलमा पठाउनु भयो भने हाम्रो एचआरले हेरेर कुन कुन कम्पनीमा भ्याकेन्सी आएको छ, त्यो हेरेर स्क्रिनिङमा सहयोग गरिदिनुहुन्छ । यो महामारीको अवस्था कहिलेसम्म रहन्छ भनेर अहिले नै भन्न सकिने अवस्था त छैन ।
तर रात परेपछि अवश्य बिहान हुन्छ । एक दिन अवश्य पनि यो महामारी सकिन्छ र हामी सामान्य अवस्थामा फर्किने छौं । राम्रो दिन छिट्टै आउँछ । त्यसैले आफूलाई सचेत र सक्रिय राख्नुहोस् भन्न चाहन्छु ।
वास्तवमा कतिपयलाई कुन कोर्ष इन्स्टिच्युटमा पढ्ने अनि कुन चाहिँ शैक्षिक संस्थामा औपचारिक शिक्षाको रुपमा पढ्ने भन्ने विषयमा निकै दुविधा रहेको समेत देखिन्छ । यसलाई तपाईं कसरी प्रष्ट्याउनु हुन्छ ?
कुनै पनि कलेजले दिने सर्टिफिकेट हार्ड स्किलमा आउँछ । ट्रेनिङ इन्स्टिच्युटले दिने सर्टिफिकेट पनि हार्ड स्किलमै आउने हो । यसको अर्थ तपाईसँग एउटा गाडी छ भने तपाईंलाई लाइसेन्स प्राप्त गरेजस्तै भयो ।
तर लाइसेन्स हुँदैमा तपाईंले त्यो गाडी सडकमा कुदाउन भने सक्नुहुन्न । त्यसको लागि तपाईंलाई प्रयोगात्मक तहको तालिम चाहिन्छ । सीप चाहिन्छ ।
विकासशील देशहरुमा मात्र होइन युरोप, अस्टेलिया, अमेरिका जस्ता ठाउँहरुमा पनि त्यो देख्न सकिन्छ । त्यहाँका ट्रेनिङ इन्स्टिच्युटले वार्षिक अर्बों डलरको आम्दानी गरिरहेका छन् ।
फेरी यसको अर्थ कलेज र युनिभर्सिटीहरुले नपढाएका कारण तालिम इन्स्टिच्युट चाहिएको भन्ने पनि होइन । तालिमको बजार जहिले पनि रहिरहन्छ ।
कलेज र युनिभर्सिटीबाट सर्टिफिकेट प्राप्त भए पनि त्यसले कसरी बिजनेस अगाडि बढाउने, कसरी जाभामा कोड गर्ने भन्ने जस्ता पाटोमा केन्द्रीत हुँदैन । त्यो त तपाईंलाई औपचारिक तथा शैद्धान्तिक रुपमा योग्य ठहर्याउनका लागि मात्र हुन्छ ।
तर ट्रेनिङ इन्स्टिच्युटको काम भनेको प्राज्ञिक क्षेत्र र कर्पोरेट क्षेत्रबीचको खाडललाई पुर्ने हो । उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति परिपूर्ति गर्ने भनेकै ट्रेनिङ इन्स्टिच्युटले हो । त्यही ग्याप पुरा गर्नकै लागि ब्रोडवे इन्फोसिसले काम गरिरहेका छ ।
त्यसो हो भने शैक्षिक संस्थामा कुनै निश्चित कोर्ष पुरा गरेका सबै विद्यार्थीले इन्स्टिच्युटको तालिम लिन जरुरी छ भन्न खोज्नुभएको हो ?
खासमा हामी करिअर बनाउन चाहनेहरुसँगको पार्टनरशिपमा विश्वास गर्छौं । आधारभूत कुराहरु स्कुूल, कलेजमा पढाई हुन्छ । त्यसका लागि इन्स्टिच्युट धाइरहनुपर्दैन ।
तर कोर स्कीलका लागि चाहिँ तपाईंलाई ट्रेनिङको आवश्यकता पर्ने हो । हामी त्यसैका लागि खडा भएका हौं । उदाहरणका लागि बीई कम्प्युटर कोर्ष पुरा गरेका विद्यार्थीले जाभामा कोड गर्न सक्नुहुन्न । त्यस किसिमको स्कील डेभलप गर्नकै लागि विद्यार्थीहरु हामीकहाँ आउनुहुन्छ ।
हाम्रो कोर्ष तथा पाठ्यक्रम हामीले सम्बन्धित कम्पनी तथा इण्डस्ट्रिको आवश्यकताअनुसार त्यहाँका विज्ञहरुको संलग्नतामा तयार पार्ने गरेका छौं । कुनै निश्चित कोर्ष पुरा गरेका अथवा शैक्षिक योग्यता पुरा गरेका व्यक्तिहरुले यहाँ तालिम दिने होइन ।
हामीकहाँ भएका ट्रेनरहरु दिनभर पढाउने गरी राखिएका छैनन् । यसो गर्दा शैक्षिक संस्थाहरुमा शिक्षक आएर पढाए सरह मात्रै हुन्छ । उदाहरणको लागि कुनै कलेजमा कुनै शिक्षकले जाभा विषयमा दश वर्ष पढाउनु भएको छ भने ब्रोडवे इन्फोसिसमा उहाँले क्लास लिन पाउनुहुन्न ।
अहिले हामीसँग ४० जना जति यस्ता क्लास लिने ट्रेनरहरु हुनुहुन्छ । सम्बन्धित क्षेत्रका कम्पनीमा कम्तिमा पाँच वर्ष काम गरेका दक्ष तथा अनुभवी व्यक्तिहरुले यहाँ तालिम दिइरहेका छन् ।
जसले गर्दा उद्योग तहको अनुभव तालिम लिँदाकै बखत विद्यार्थीहरुले लिन सक्नुहुन्छ । काममा गइसकेपछि हुने तनाव त्यतिखेरै मेटिने गर्छ ।
त्यसैले नै होला ब्रोडवे इन्फोसिसले सफलतापूर्वक १२ वर्ष पुरा गर्न सकेको । यसको अर्थ सबै विद्यार्थीहरुलाई इन्स्टिच्युटको तालिम आवश्यक हुन्छ र जोडिनै पर्छ भन्ने पनि होइन ।
तर बहुसंख्यक विद्यार्थीहरुको सीप विकासका लागि इन्स्टिच्युटको तालिम चाहिँ आवश्यक हुन्छ । यसका लागि ब्रोडवेमै आउनुपर्छ भन्ने पनि होइन । हामीजस्ता अन्य इन्स्टिच्यटहरु पनि छन् । जहाँबाट आफ्नो ड्रिम करिअरमा पुग्न आवश्यक सीप सिक्न सक्नुहुन्छ ।
तपाईंहरु तालिम मात्र दिनुहुन्छ कि जब प्लेसमेन्टको सुविधा पनि छ ?
हामीले ट्रेनिङ मात्रै दिँदैनौ, सन् २०१० देखि नै प्लेसमेन्ट सेल पनि गरिरहेका छौं । हामीकहाँ पढ्ने विद्यार्थीलाई बजारमा पठाउन छुट्टै टिम छ । त्यसका लागि कर्पोरेट तहमा हामीसँग सम्झौता गर्ने कम्पनीहरुको संख्या नै दुई सयभन्दा बढी पुगिसकेको छ ।
कुनै प्राविधिक जनशक्तिको खाँचो पर्दा ती कम्पनीहरुले हामीलाई सम्झिन्छन् । डुकुमेन्टेसन, सीभी आदिको काम गरेर हामी उनीहरुबाट कुनै पनि शुल्क नलिएरै विद्यार्थीहरुलाई त्यस्ता कम्पनीहरुमा पठाउछौं ।
अरु कम्पनीका लागि आवश्यक दक्ष तथा सीपयुक्त जनशक्ती त तपाईंहरुले तयार पार्दै आउनु भएको छ । तर त्यस किसिमको दक्षताको प्रयोग गरेर तपाईंहरु स्वयम्ले कुनै प्रडक्टमा काम गर्नु भएको छ कि छैन ?
बजारमा हामी आफ्नै प्रडक्ट ल्याउने योजनामा पनि छौं । कोभिडका कारण यसमा केही ढिलाई हुन गइरहेको छ ।
अबको पाँच सात महिनापछि हाम्रा दुई वटा प्रडक्ट बजारमा आउँछन् । त्यही उद्देश्यका साथ अहिले काम चलिरहेको छ ।
आईटी कलेजहरुसँग पनि कुनै किसिमको सहकार्य गरिरहनु भएको छ ?
सहकार्य बिना केही पनि सम्भव छैन । धेरैजसो कलेज र कम्पनीहरुसँग हामीले सहयोग आदान प्रदान गरेका छौं ।
तर पैसा लेनदेनको रुपमा कुनै संस्थासँग सहकार्य भने गरेका छैनौं । ट्यालेन्ट विद्यार्थीहरुलाई कलेजको आग्रहमा स्कलरशिपहरु पनि दिइरहेका हुन्छौं ।
आईटी फिल्डमा रुची भएका तर त्यसमा औपचारिक शिक्षा लिन नपाएकाहरुका लागि तपाईंको सुझाव के छ ?
इच्छाशक्ती भएका जो कोही यो फिल्डमा प्रवेश गर्न सक्नुहुन्छ । हामीसँग त्यस्ता अनेकौं उदाहरण पनि छन् ।
सीसीएमएमा काम गरिरहेका कतिपय साथीहरु त कम्पनीको नेतृत्वदायी तहसम्म नै पुग्नु भएको छ । सेक्युरिटी तथा इथिकल ह्याकिङको क्षेत्रमा काम गर्ने धेरै साथीहरुसँग औपचारिक शिक्षाको डिग्री नै हुँदैन ।
यसबाट भन्न के खोजेको हो भने यदि तपाईंसँग सीप छ भने यो क्षेत्रमा सजिलै काम पाउन सक्नुहुन्छ । अनि अर्को कुरा पढ्नका लागि मैले यति समय खेर फालेँ, पढ्न पाइनँ भनेर अब पढ्न नसक्ने भन्ने पनि हुँदैन ।
यदि तपाईंको इच्छाशक्ती छ भने ४० वर्षको उमेरमा पनि ब्याचलररमास्टर्स ज्वाइन गर्न सक्नुहुन्छ । कलेजै नपढेकफ भए पनि यदि सीप छ भने हायर गर्ने विभिन्न कम्पनीहरु छन् ।
अहिले हामीसँग न्यूयोर्कबाट पढिरहेको एकजना साथी ५० वर्षको हुनुहुन्छ । यदि आफूसँग आधारभूत तहको ज्ञान समेत छैन, तर आईटीको कुनै विषय सिक्ने तपाईंमा तीब्र इच्छाशक्ती छ भने तपाईंका लागि हामी छौं ।
तपाईंको ड्रिम करिअरसम्म पुग्न सुरुवातदेखि अन्त्यसम्म के के चाहिन्छ, त्यसका लागि हामी गाइड गर्छौं । त्यसका लागि हामीसँग टिम छ, टूल्स छ, मार्केट छ, सबै छ ।
यस्तोमा केही गर्न चाहनुहुन्छ भने हिचकिचाहट मान्नुपर्ने कुनै कारण छैन । तपाईंसँग कुनै विषयको डिग्री छैन भने पनि सहयोग गर्नका लागि हामी छौं ।
अन्त्यमा केही थप्न चाहनुहुन्छ ?
हामी इतिहासको एउटा अप्ठ्यारो मोडबाट गुज्रिरहेका छौं । ब्रोडवे इन्फोसिस ट्रेनिङ दिने इन्स्टिच्युट हो । त्यसैले यस्तो बेला हामी सीप सिकाएर मद्दत गर्न चाहन्छौं । युवाहरुले आईटी क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहन्छन् भने हामीलाई एक मौका दिनुपर्छ । हामीलाई सहयोग गर्ने मौका दिनुहोस्, यही भन्न चाहन्छु ।
टेकपानाको सहयोगमा
Origional Link : https://www.techpana.com/2020/29750/
जसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत
- २०७७ भदौ ४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन
पूरा पढ्नुहोस्