व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

सर्वप्रथम त जनकपुरधाम उद्योग वाणिज्य संघलाई मर्यादित अनुशासित र क्रियाशिल बनाउँदै आउनुभएका कार्यसमिति एवम् सम्पूर्ण सदस्यहरुमा हृदयदेखि नमन गर्न चाहन्छु ।

२०७७ फाल्गुण १५ शनिबार
बेलुकी ७:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ ।

जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् । सँघको महाधिवेशन नजिकिएसँगै उमेदवारहरुले आ–आफ्ना पक्षमा मतदान गर्नको लागि मतदाता व्यावसायी, व्यापारीहरुलाई रिझाउन लागि परेका छन् । 

चुनावमा व्यावसायी, व्यापारीहरुको हकहितको लागि पनि उम्मेदवारीहरुले उम्मेदवारी दिएको दाबी गरिरहँदा जनकपुरका कुशल व्यावसायी मानिएको परमेश्वर साह पनि सँघको कोषाध्यक्ष पदको लागि गृहकार्य थालेका छन् । उनले जनकपुरका व्यापारी, व्यावसायीहरुको लागि के के गर्ने ? तपाईलाई नै मत किन दिनुपर्ने ? भनेर पनि सोध्यौ, उहाँसँग गरिएको सँक्षिप्त कुराकानी यस प्रकार छ :

तपाईको उमेदवारी किन ?

राज्यलाई निजी क्षेत्रले सहयोग नै गर्ने हो, सहयोग गर्दै हिँडेका पनि छौं । हिजो जनप्रतिनिधिहरु नहुँदा उद्योग वाणिज्य संघहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकै हो ।  अहिले तिनै तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएर पनि निजी क्षेत्रलाई हेर्ने, निजी क्षेत्रको कुरा सुन्ने विषयमा नसुनेको हो कि वा हामीले पनि सरकारलाई बाटो देखाउन नसकेको हो भन्ने छ । 

केही कुरा सुने जस्तै पनि गर्ने तर कार्यान्वयन हुँदैन, कार्यान्वयन कठिनाइ छ । सरकार र निजी क्षेत्रसँगसँगै नहिडेसम्म देशको आर्थिक समृद्धि सम्भव पनि छैन । सरकारको समृद्धिको नारा अधुरो नै हुन्छ ।

तपाईले निर्वाचन जित्ने आधार के–के हुन त ?

सर्वप्रथम त जनकपुरधाम उद्योग वाणिज्य संघलाई मर्यादित अनुशासित र क्रियाशिल बनाउँदै आउनुभएका कार्यसमिति एवम् सम्पूर्ण सदस्यहरुमा हृदयदेखि नमन गर्न चाहन्छु । 

संघमा रहेका समस्या चुनौती र सम्भावनाको व्यापक अध्ययन गरी हजुरहरुबाट स्थापित र संरक्षीत, हालसम्म गरेका विकासका विधि प्रक्रिया र उद्योगी व्यवसायीको पिरमर्का र समस्याको सामना गर्ने र समाजमा रहेका आफ्नो पहिचान चिन्न नसकेका वेरोजगारी र कुनै गन्तब्य नभएका युवा युवती, समाजमा दुव्र्यसनीमा फसेका युवा युवतीलाई प्राविधिक सिप र परामर्शबाट वास्तविक जिवन पहिचान गरी सिपयुक्त जनशक्तीको रुपमा विकास गर्ने लक्ष्य नै मेरो निर्वाचित हुने आधार हो ।

विशेष गरी निजी क्षेत्रलाई कसरी हुन्छ बलियो बनाउनेतर्फ नै नेतृत्व लाग्नुपर्छ । अरु छिन्नभिन्न भएको संस्थालाई, लगानीकर्तालाई एकै ठाउँमा ल्याएर निजी क्षेत्रकै सिंगो संस्था सुझबुझका साथ अगाडि बढ्नुपर्छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

मलाई आफ्नो कुरा राख्ने अवसर दिनु भयो र समाजमा रहेका शिक्षित, अशिक्षत, आंशिक शिक्षित सम्पुर्ण युवा युवतीलाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दछु । जनकपुरधाम वाणिज्य संघका सबै संस्थापक एवं वर्तमान सम्मका सम्पुर्ण सदस्यहरुमा नमन गर्न चाहन्छु ।  

मैले मेरो जिवनमा लिएको लक्ष्य एवं सामाजिक दायित्वमा यहाँहरुको अमुल्य मतले अझ सशक्त रुपमा कार्य गर्ने मेरो क्षमता वृद्धि हुने आशा एवम् विश्वासका साथ हार्दिक नमन गर्दछु ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७७ फाल्गुण १५ शनिबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus