हरेक व्यक्ति सफल बन्न चाहन्छन् । तर, धेरै असफल बन्छन् । संसारमा दुःखको कारण पनि यही हो । सफलताको सम्बन्ध लक्ष्य, संघर्ष, प्राप्ति एवं सन्तुष्टिसँग हुन्छ । पाइलट बन्ने लक्ष्य होस् वा इन्जिनियर, जस्तोसुकै लक्ष्यको पछाडि खुसी, सुखी र सम्मानजनक जीवन हुन्छ । र, यस्तै आदर्श जीवनको खोजमा देश–विदेश कता–कता धाउँदाधाउँदै जीवनरथ कहाँ पुगेर अडिन्छ, कहाँ पुगेर ठोकिन्छ र जीवनफूूल झर्छ, पत्तो हुँदैन ।
यस्तो अनिश्चित जिन्दगी लिएर अन्त्यहीन सफलता खोज्नु मूर्खता सिवाय केही होइन । यसको अभिप्राय क्षणभङ्गुर जीवनमा सफलता सम्भव छैन, भन्ने होइन । सफलताको एक विन्दु, जहाँसम्म पुग्नुछ, त्यो निश्चित हुनुपर्छ । संसारमा कोही पनि सफल नभइ दिएको भए संसार आज यस्तो सजिलो, आधुनिक, विकसित र एक घरजस्तै बन्ने थिएन ।
आकाशमा उड्नु, धर्तीमा गुड्नु कल्पनामा पनि आउँथे कि आउँथेनन् । जुन आज सामान्य दैनिकी भइसकेका छन् । अतयव सफलता सम्भव छ । यसका लागि असफलताका कारणहरू, सफलताका रहस्यहरू र सुत्रहरू बुझ्नु र मनन् गर्नु जरुरी हुन्छ । यहीँ सफलताका सेरोफेरोमा केन्द्रित रहेर प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका रामकुमार यादवसँग गृहजिल्ला सिरहाको मिर्चैयामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा न्यूज ब्यूरोकर्मी बिनय यादवले गरेको कुराकानीको छोटो सम्पादित अंशः
इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुनुभयो, कस्तो महसुस गर्दै हुनुहुन्छ ?
यो प्रक्रियागत हो । तर, यसका लागि लामो मेहनेत अवश्य गरेँ । दिनरात नभनी सेवामा खटेको छु । जिम्मेवारपूर्वक काम गरेको छु । इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुँदा खुसीसँगै हौसला पनि बढेको छ । अझ पृथक र प्रभावकारी ढंगले काम गर्ने जिम्मेवारी बढेको महसुस गर्दैछु ।
सरकारी सेवामा प्रवेश भएको कति भयो, कसरी प्रवेश गर्नुभयो ?
जो कोहिमा सफल मानव बन्ने सोंच हुन्छ । तर, सफलता त्यतिकै आउँदैन । अनिदो संघर्ष र मेहनेत चाहिन्छ । मैले पनि धेरै नै मेहनेत र संघर्ष गरेँ । अन्ततः प्रहरी निरीक्षकको लागि पास भएँ । यो सेवामा मेरो प्रवेशको ११ वर्ष भयो ।
सरकारी जागिर त्यति सहज छैन भनिन्छ, पहुँच नभएकालाई हुँदैन भन्ने मान्यता छ, मधेशीलाई झन गाह्रो छ भनिन्छ, मान्छे हिच्किचाउँछन्, पढेलेखेर पनि विदेशिन्छन्, के भन्नुहुन्छ ?
हेर्नुस्, यो संसारमा सहज केहि छैन । तर, गरे असम्भव केहि पनि छैन । वास्तवमा हाम्रो समाजमा सरकारी जागिरका लागि पावर पहुँच चाहिन्छ भन्ने मान्यता छ । तर, वास्तविकता यो होइन । कतिपय मान्छे मेहनेत नै गर्न डराउँछन् । जुनून र लक्ष्यप्रति दृढ हुँदैनन् । सरकारी जागिरबारे गलत मानसिकता बसिसकेका कारण कतिपय मान्छे यतातिर ध्यान नै दिँदैनन् । सरकारी सेवामा प्रवेश होस्, वा ठूला हाकिम बन्नका लागि पावर वा पहुँचले मायने राख्दैन, सक्षमताले मायने राख्छ । मेहनेत र संघर्ष गर्नेहरु गुन्द्रुक र ढिडो खाएर सरकारी सेवामा इतिहास रचेको उदाहरण छ । मेहनेत र संघर्ष गर्दा यहाँ केहि पनि असम्भव छैन भन्ने सबैले बुझ्न जरुरी छ ।
सशस्त्र प्रहरी धनुषा र जनकपुर न्यूरो हस्पिटलबीच प्रहरी उपचार राहत कार्यक्रममा सम्झौता
- २०७७ माघ २० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी बल ८ नं. गण धनुषा र जनकपुरधामस्थित न्यूरो हस्पिटलबीच उपचार राहत कार्यक्रममा सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच जनकपुर न्यूरो हस्पिटलमा सशस्त्र प्रहरी बल
पूरा पढ्नुहोस्








