सिरहामा पनि ओली विरुद्ध काँग्रेसको प्रदर्शन

२०७७ पौष १४ मंगलबार
दिउसो १:१८ बजे

न्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेस सिरहाले संसद विघटन असैवधानिक भएको भन्दै सिरहामा पनि वृहत प्रदर्शन गरिएको छ । 

 

नेपाली कांग्रेसले सिरहाको क्षेत्र नम्बर ४ मा पनि प्रदर्शन गरिएको छ । क्षेत्र ४ को क्षेत्रीय सभापति नागेस्वर भुरेरको अगुवाईमा बिरोध पर्दर्शन कार्यक्रम भएको थियो । 

 

गाउँगाउँबाट उर्लिएका मोटो सँख्याको प्रदर्शनकारीले नाराजुलुससहित मिर्चैया बजार परिक्रमा गरेको थियो । जुलुसमा महिला , युवा र वृद्दहरूको पनि मोटो सहभागिता थियो ।

 

संसद विघटन प्रधानमन्त्री केपीशर्मा ओलीको असैवंधानिक कदम भन्दै नेपाली कांग्रेसले विभिन्न मितिमा विभिन्न रूपका आन्दोलन घोषणा गरेकोमा सोमबार देशब्यापी प्रदर्शन गरेको हो ।

 

मिर्चैयाको थाना चौक बाट निकालिएको र्याली मिर्चैया बजार,नगरपालिकाको भवन हुँदै कटारी चौकमा कोणसभा गरेका थियो । 

 

कोण सभामा पूर्व संविधान सभा सदस्य ड. गणेश मण्डलले असम्बैधानिक र अलोकतान्त्रीक ढंगले संसद बिघटन भएको हो । यसलाई नेपाली जनताले कहिले पनि स्वीकार गर्दैनन् संविधानको धारा १०३ को उपधारा ७ मा प्रष्ट उल्लेख छ । संसदबाट दुई तिहाइ प्राप्त प्रधान मन्त्रीले संसद बिघटनको अधिकार दिएको छैन् ।

 

देशको राजनैतिक इतिहासमा ७ सालको राणा शासनको बिरोधमा नेपाली काँग्रेसले नै अगुवाइ गरेका थियो भने माओवादी बिद्रोहीलाई शान्ति प्रकृया वा भनौ १२ बुँदे समझदारी गरेर जंगलवाट संसदमा माओवादीलाई प्रवेश गराउने पनि काँग्रेस नै थियो भने बर्तमान लोकतान्त्रीक गणतन्त्रात्मक सम्बिधान बनाउने पनि नेपाली काँग्रेस नै थियो र आज पनि देशमा सम्बिधानको अपहरण भइ रहेको अवस्थामा पनि नेपाली काँग्रेसले कदापि कदम पछाडि गर्ने छैन ।– उनले भने । 

 

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७७ पौष १४ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus