काठमान्डौँको माईतीघर मण्डलामा 'अलविदा ! स्वराजी राम मनोहर'

उपेन्द्रलाई कालो झण्डा देखाएपछि उपेन्द्रले उनलाई पक्राउ गर्न आदेश दिएका थिए ।

२०७५ भदौ १६ शनिबार
बेलुकी ६:०४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, नेपाल । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेताको प्रहरी हिरासतमै अचेत भई उपचारको क्रममा अस्पतालमा मृत्यू भएपछि काठमान्डौँको माईतीघर मण्डलामा प्रदर्शन एवम् श्रद्धाञ्जली दिइएको छ । 

 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्धान एवम् संघीय स्वास्थ्य जनसँख्या मन्त्री समेत रहेका उपेन्द्र यादवलाई कालो झण्डा देखाएपछि पक्राउ गरिएका राममनोहर यादवको हिरासतमै मृत्यूभएपछि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

 

यो पनि पढनुहोस् । 

उपेन्द्र यादवलाई कालो झण्डा देखाउने डा. सिके राउत कार्यकर्ताको हिरासतमै मृत्यू  !!!

 

 

पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारवाही, घटनामा सँलग्नलाई कारवाहीको माग गर्दै राम मनोहर प्रति श्रद्धाञ्जली दिइएको छ । 

 

गत भदौ ७ गते बर्दियामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको दौरान गठबन्धनका नेता राम मनोहर यादवले उपेन्द्रलाई कालो झण्डा सहित "सहिदको सपनाको क्या हुवा ?" भनेर प्रश्न गरेपछि उपेन्द्र यादवले तत्कालै प्रहरीलाई उनलाई पक्राउ गरी हिरासतमा राख्न आदेश दिएका थिए । 


पक्राउ परेको ७ औँ दिनपछि प्रहरी हिरासतै अचेत भएको र अस्पतालमा भर्ना गराएपनि उपचार सम्भव नभएपछि काठमान्डौँ लग्दै गर्दा बाटोमै दम तोडेपछि डा. सिके राउत समर्थित नेता तथ कार्यकर्ताहरु आक्रोसित भएका हुन्. । 

 

प्रहरी हिरासतमै ज्यान गएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन सहित राम मनोहर प्रति मैनबत्ति बालेर आत्माको चीर शान्तीको कामना गर्दै श्रद्धाञ्जली दिइएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ भदौ १६ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus