सूचना नदिएको भन्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी

२०८१ जेठ २८ सोमबार
बिहान ०८:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी दिइएको छ । 

लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले माग गरिएको सूचना स्थानीय युवाहरुलाई नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको हो । 

सोहनी जागरण समाजका युवाहरुले वडास्तरीय एक ९५ लाख रुपैयाँको बजेट रकम र त्यसको उपयोग बारे सोधपुछ गर्दा कार्यवाहक वडाध्यक्ष सँगीता साहले आनाकानी गरेको आरोप छ । उनीहरुले सूचना नदिएको भन्दै ज्ञापन पत्र बुझाउन जाँदा दुरव्यवहार खेप्नुपरेको गुनासो गरेका छन् । 

वडादेखि पालिकास्तरसम्म ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोमा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा सुरक्षाकर्मीले ज्ञापन पत्र बुझाउन नदिएको आरोप छ । लोकतन्त्रमा विश्वास राख्ने जनप्रतिनीधिले जनताको गुनासो सम्बोधन गर्ने जिम्मेवारी र दायित्व पाउँदा पनि सम्बोधन गर्ने बाटो छेकेको भन्दै विरोध जनाउने चेतावनी दिएको हो । 

ज्ञापन पत्र बुझाउनको लागि पटक पटक अग्रह गर्दापनि अध्यक्ष ज्युले कार्यकक्ष भित्र छिर्न नदिएको युवा नेता तथा लक्ष्मीनियाँ गाउँपालिक वडा नम्बर १ का वडा सदस्य उदय यादवले जानकारी दिए। 

यादवको अनुसार अध्यक्षले ठाडो शैलीमा म (उदय यादव) लाई प्रवेश गर्न नदेउ साथै कुनै किसिमको गुनासो सुन्नबाट समेत मनाही गरेको उल्लेख छ । 

गाउँपालिकालाई आफ्नै दरबार ठानी तानाशाही शासन चलाएर जनगुनासो लाई ठाडै नकार्ने प्रवृतिले गर्दा जनतामा अनेकौं चिन्ता रहेको बताईएको छ । उनीहरुले यस्तो प्रवृति कायमै रहे तालाबन्दी गरी आन्दोलित हुन बाध्य हुने चेतावनी दिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकाका जनप्रतिनीधिहरु 'निकम्मा' साबित, अन्तिमसम्म चलाउन सकेनन बजेट

  • २०८१ जेठ २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर ब्लैक लिस्टमै पर्दै आएको पूर्वी धनुषाको कमला नगरपालिकाका जनप्रतिनीधिहरुको झगडाले चालु आर्थिक बर्षको अन्तिमसम्म समेत बजेट चलाउन सकेनन् । नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव र उपप्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus