न्यूज ब्यूरो, यूएई । गैर आवासीय मधेशी संघले गुलरिया स्थित प्रहरी हिरासतमा रहेका राम मनोहर यादवको ‘मृत्यु घटना’लाई छानविन गर्न माग गरेको छ ।
यादवको मृत्यू प्रति दुःख ब्यक्त गर्दै संघले यादवको मृत्यू बारे न्यायिक छानबिन गर्नको लागि माग गरेको छ ।
संघका अध्यक्ष बसन्त कुश्वाहाले एक विज्ञप्ती जारी गर्दे उक्त घटनाको भत्र्सना समेत गरेको छ । संघले अन्तराष्ट्रिय समुदाय, कुटनीतिक नियोगहरु, मानवअधिकारवादी संघसंस्थाहरु लगायतलाई यस घटनाबारे निष्पक्ष छानबिनको लागि दबाब सृजना गर्नुपर्ने माग अघि सारेका छन् ।
गत भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदै शहिदो की सपना कब पुरा होगा ? भनेर प्रश्न गरेपछि प्रहरीबाट पक्राउ गर्न लगाएका थिए । पक्राउ गरिएका यादवको प्रहरी हिरासतमै मृत्यू भएपछि जनमानसमा आक्रोस फैलिएको छ ।
नयाँ सरकारमा सिरहाका बब्लु गुप्तासहित यी चार जना मन्त्री फिक्स, आजै सपथ ग्रहणको तयारी
- २०७५ भदौ १७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् । राष्ट्रपति कार्यालयमा आजै
पूरा पढ्नुहोस्





