न्यूज ब्यूरो, यूएई । गैर आवासीय मधेशी संघले गुलरिया स्थित प्रहरी हिरासतमा रहेका राम मनोहर यादवको ‘मृत्यु घटना’लाई छानविन गर्न माग गरेको छ ।
यादवको मृत्यू प्रति दुःख ब्यक्त गर्दै संघले यादवको मृत्यू बारे न्यायिक छानबिन गर्नको लागि माग गरेको छ ।
संघका अध्यक्ष बसन्त कुश्वाहाले एक विज्ञप्ती जारी गर्दे उक्त घटनाको भत्र्सना समेत गरेको छ । संघले अन्तराष्ट्रिय समुदाय, कुटनीतिक नियोगहरु, मानवअधिकारवादी संघसंस्थाहरु लगायतलाई यस घटनाबारे निष्पक्ष छानबिनको लागि दबाब सृजना गर्नुपर्ने माग अघि सारेका छन् ।
गत भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदै शहिदो की सपना कब पुरा होगा ? भनेर प्रश्न गरेपछि प्रहरीबाट पक्राउ गर्न लगाएका थिए । पक्राउ गरिएका यादवको प्रहरी हिरासतमै मृत्यू भएपछि जनमानसमा आक्रोस फैलिएको छ ।
जनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार
- २०७५ भदौ १७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ । शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद
पूरा पढ्नुहोस्
