Close This

राम मनोहरको सम्मानमा मधेसी युवाद्धारा मिर्चैयामा श्रद्धाञ्जली सभा

मधेशी युवाहरुले  यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानविनको माग समेत गरेका छन् ।

२०७५ भदौ १७ आइतबार
रति ८:३२ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २


न्यूज ब्यूरो, सिरहा ।  प्रहरी हिरासतमा मृत्यु भएका स्वराजी राम मनोहर यादवको सम्मानमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. १० मथिलेश्वर र वडा १२ सिक्रौनमा श्रद्धाञ्जली सभा गरिएको छ ।

 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ जनसंख्या एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको एउटा कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका डा.  सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको सम्मानमा श्रद्धाञ्जली सभा गरिएको हो ।


श्रद्धाञ्जली सभा कार्यक्रममा उपस्थित मधेशी युवाहरुले  यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानविनको माग समेत गरेका छन् ।

 

श्रद्धाञ्जली सभामा मिर्चैया नगरपालिकाका विभिन्न वडाका मधेसी युवाहरूको उल्लेखनीय सहभागीता रहेको स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाका अगुवा युवा अरबिन्द सहनीले न्यूज ब्यूरोसँग भने ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०७५ भदौ १७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus